२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

तीनकुनेको राजावादी आन्दोलन घटनामा प्रतिवादी बनाइएका पत्रकार दाहाल धरौटीमा रिहा

बुधवार , आषाढ ४, २०८२

काठमाडौं । चैत १५ गते तीनकुनेको राजावादी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीमा प्रतिवादी बनाइएका पत्रकार प्रकाशचन्द्र दाहाल रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतमा भएको थुनछेक बहसपछि दाहाललाई पाँच हजार धरौटीमा छाड्न आदेश दिइएको हो ।

बुधबार काठमाडौं जिल्ला अदालतमा हाजिर हुन पुगेका दाहालको बयानपछि थुनछेक आदेश भएको हो । दाहालको सुनुवाइ न्यायाधीश रेशराज शर्माको इजलासमा भएको थियो ।

प्रसाईँसहित ६१ जनाविरुद्ध मुद्दा दर्ता हुँदा प्रकाशचन्द्र दाहाल पनि परेका थिए । उनीविरुद्ध राज्यविरुद्धको कसूर, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र संगठित अपराधसहित ६ वटा मुद्दा लगाइएको थियो ।

न्यायाधीशसमक्ष भएको बयानमा पत्रकार दाहालले आफू राजा ल्याउन वा अराजक गतिविधिमा सामेल हुन नभएर समाचार संप्रेषणका लागि त्यहाँ गएको उल्लेख गरे ।

पत्रकार दाहालले दुर्गा प्रसाईंले प्रहरीलाई किच्ने गरी गाडी हाक्दा भित्रैबाट लाइभ गरेका थिए । प्रसाईँ आफ्नो गाडीमा बसेर आन्दोलनकारीहरूलाई ‘आओ आओ’ भन्दै गाडी हाक्दै उक्साइरहेको भिडियो दाहालले प्रसारण गरेका थिए ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट