२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

संकल्प कोशी प्रदेशको अध्यक्षमा दाहाल निर्वाचित, महिलाका साझा मुद्धामा एकतावद्ध हुनुपर्नेमा जोड

बिहिवार , आषाढ ५, २०८२

विराटनगर । शान्ति, न्याय र लोकतन्त्रको लागि समावेशी महिला सञ्जाल (संकल्प) कोशी प्रदेशको अध्यक्षमा नागरिक आवाजकी सोभा दाहाल निर्विरोध निर्वाचित भएकी छन् । बिहिबार विराटनगरमा सम्पन्न प्रदेश स्तरीय समितिको अभिमुखीकरण तथा पुर्नगठन कार्यक्रममा दाहालको अध्यक्षमा नौ जनाको कार्यसमिति निर्विरोध निर्वाचित भएका हुन् ।

संकल्पको उपाध्यक्षमा क्रियाशिल पत्रकार महिला (डब्लुडब्लुजे) की कोशी प्रदेश अध्यक्ष गंगा बराल चयन भएकी छिन् भने सचिवमा फातिमाकी नजबुल खान चयन भएकी छन् । कोषाध्यक्षमा मिना राई चयन भएकी छिन् ।

त्यस्तै समितिको सदस्यमा विविशा राई, राखी कर्ण, सुसिला विक, शान्ता तामाङ र सविता बुढाथोकी चयन भएका छन् ।

१४ जिल्ला रहेको कोशी प्रदेशमा समितिमा नअटेका जिल्लामा फोकल पर्सन राख्ने संकल्पकी केन्द्रिय अध्यक्ष संगिता लामाले जानकारी दिईन् ।

महिलाका साझा मुद्धामा एकतावद्ध हुनुपर्नेमा जोड

संकल्पकी संस्थापक अध्यक्ष तथा राष्ट्रिय महिला आयोजकी सदस्य लिलि थापाले संकल्पले महिलाका साझा मुद्धामा काम गर्ने भएकाले प्रदेशको नयाँ समितिलाई साझा मुद्धामा एकतावद्ध भएर काम गर्न निर्देशन दिएकी छन् ।

महिलालाई तीनै तहको सरकारको नेतृत्वदायी भूमिकामा पुर्याउनको लागि नीतिगत सुधार गर्नुपर्नेमा जोड दिईन् । “प्रमुख या उपप्रमुख दुई मध्ये एकमा अनिवार्य महिला हुनुपर्ने भनिएपनि फरक पार्टीको भए हुन नपर्ने भन्ने व्यवस्थाले महिलाको सहभागिता घटेको छ”, उनले भनिन्, “नेतृत्वदायी भूमिकामा महिलाको सहभागिता बढाउन चुनाव खर्चको अनुगमन गर्नुपर्छ, विधुतिय भोटिङ र महिला महिलाबीच प्रतिस्पर्धा गर्नुपर्छ । यसतर्फ सबैले ध्यान दिनुपर्छ ।”

संकल्पकी अध्यक्ष संगिता लामाले मुस्लिम, जनजाति, दलित, महिला लगायत महिलाले नेतृत्व गरेका विभिन्न संस्थाहरुको प्रतिनिधित्व भएका कारण एक अर्काको मुद्धालाई सम्मान गरेर काम गर्नुपर्नेमा जोड दिईन् ।

कार्यक्रममा कोशी प्रदेश सभा सदस्य सोभा चेम्जोङ र लखि कुमारी गणेशले महिलाहरुले चाहेर पनि सोचेअनुसारको काम गर्न नसकेको बताए । उनीहरुले महिलालाई काम गर्ने अवसर नै नदिने गरेको गुनासो समेत गरेका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट