२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

पोखरीया नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पक्राउ

शुक्रवार , आषाढ ६, २०८२

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको पोखरिया नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अजयकुमार श्रीवास्तव र नायबसुब्बा सन्दीप साहलाई पक्राउ गरेको छ । श्रीवास्तव हाल बहादुरमाई नगरपालिका पर्सामा कार्यरत छन् ।

विभिन्न योजनाको स्वीकृति एवं कर्मचारी नियुक्तिलगायतका विषयमा अनियमितता गरी भ्रष्टाचार गरेको भन्ने उजुरीका आधारमा आयोगको केन्द्रीय कार्यालय टङ्गालबाट गएको टोलीले वीरगञ्ज महानगरपालिका–१२ प्रतिमा चोकबाट पक्राउ गरेको हो ।

आयोगले उनीहरूबाट चार थान मोबाइलसमेत बरामद गरेको छ । यस्तै, आयोगले पोखरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामविनयकुमार सिंह र वडा नं २ का सचिव ओमप्रकाश चौरसियाको साथबाट मोबाइल दुई थान बरामद गरी थप अनुसन्धान भइरहेको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट