२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सम्पत्ति शुद्धीकरण मुद्दामा कांग्रेस नेता गणेश लामाले पाए सफाइ

सोमवार , आषाढ ९, २०८२

काठमाडौँ । सम्पत्ति शुद्धीकरणको मुद्दामा नेपाली कांग्रेसका नेता गणेश लामाले सर्वोच्च अदालतबाट सफाइ पाएका छन् । न्यायाधीशद्वय कुमार रेग्मी र अब्दुल अजीज मुसलमानको इजलासले दाबी नपुग्ने भन्दै लामालाई सोमबार सफाइ दिएको हो ।

लामाविरुद्ध २०७० जेठ ५ गते १ करोड ४० लाख रुपैयाँको मुद्दा दायर भएको थियो । लामा २४ साउन, २०७५ मा विशेष अदालतबाट दोषी ठहर भएका थिए ।

विशेष अदालतले दोषी ठहर गर्दै १ वर्ष कैद, बिगो बमोजिम जरिवाना र सोही बराबर सम्पत्ति जफतको फैसला गरेको थियो ।

उक्त फैसलाविरुद्ध सोही वर्ष पुस ९ गते लामा विशेषको फैसलाविरुद्ध सर्वोच्च पुगेका थिए । लामा हाल नेपाली कांग्रेसका केन्द्रीय कार्यसमिति सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट