२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सुशील केडिया सेवा फाउण्डेसनद्वारा उपत्यका प्रहरी कार्यलयलाई विपत उद्धार सामाग्री हस्तान्तरण

बिहिवार , आषाढ १२, २०८२

काठमाडौं । विपत जोखिम न्यूनिकरण गर्न सुशील केडिया सेवा फाउण्डेसनले उपत्यका प्रहरी कार्यलयलाई उद्धार समाग्रीहरु हस्तान्तरण गरेको छ, जसमा रबर बोट, लाइफ ज्याकेट, बुट लगायत अत्यावश्यक समाग्रीहरु रहेका छन् ।

रत्नपार्कस्थित उपत्यका प्रहरी कार्यलयमा प्रहरी प्रमुख टेक बहादुर तामाङ्गको स्वामित्वमा सुशील केडिया सेवा फाउण्डेसनका अध्यक्ष सुमित केडियाले सो सामाग्री वितरण गरेका हुन् ।

विपतको कुनै निश्चित समय नरहेकाले यसको उद्धार तथा व्यवस्थापनका लागि सरकारी संयन्त्र मात्रै नभई सबै पक्षहरुको सहकार्य र जागरुकता आवश्यक रहेको उपत्यका प्रहरी कार्यालयका प्रहरी प्रमुख टेक बहादुर तामाङ्गले जानकारी दिए ।

सोहि कार्यक्रममा भौगोलिक हिसाबले काठमाडाँै बाढि पहिरोको जोखिम क्षेत्र रहेको अनि यसका निमित्त सुशील केडिया सेवा फाउण्डेसनले उपत्यका प्रहरी कार्यालयको सहकार्यमा आम नागरीकहरुको जीवन सुरक्षाका लागि सामाग्री वितरण गरेको भनि फाउण्डेसनका अध्यक्ष सुमित केडियाले जानकारी दिई आगामी दिनहरुमा पनि यस्तै सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

नागरिकहरुको जिउधनको सुरक्षा गर्ने र स्वयम् नागरिकहरुलाई सचेत गराउने उद्देश्य सहित उपत्यका प्रहरी कार्यलयले सो कार्यक्रम सञ्चालन गरेको हो ।

विपत व्यवस्थापनका लागि स्वयमसेवकहरुसँगको सहकार्यमा तालिम दिने र उद्धार सामाग्रीका लागि विभिन्न संघसंस्थाहरुसँग समेत समन्वय गरिरहेको उपत्यका प्रहरी कार्यलयका प्रहरी प्रमुख टेक बहादुर तामाङ्गले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार