२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

लगनखेलमा 'यामाहा ब्लू फेस्ट २०८२' को सुरुवात, के के छन् विशेषता ?

शुक्रवार , आषाढ १३, २०८२

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो दुई पाङ्ग्रे एक्सचेन्ज महोत्सव 'यामाहा ब्लू फेस्ट' सुरु भएको छ । बिहीबार लगनखेल बसपार्कमा एक भव्य उद्घाटन समारोहबीच यसको सुरुवात भएको हो ।

कार्यक्रमको औपचारिक उद्घाटन वडाका अध्यक्ष श्रीनारायणलाल अवाले र एमएडब्ल्यू राइड्सका कार्यकारी निर्देशक तथा सीईओ श्री दीपककुमार अग्रवालले गरेका थिए। असार १२ गतेदेखि १७ गते सम्म चल्ने यो महोत्सवमा जुनसुकै ब्रान्डका जुनसुकै बाइक आकर्षक भ्यालुएसन र अफरहरूसहित सहजै एक्सचेन्ज गर्न पाइनेछ।

यस महोत्सवमा कुनै पनि ब्रान्डका कुनै पनि बाइकलाई उत्कृष्ट मूल्यांकन  र फाइदाहरूका साथ साट्ने अवसर प्राप्त हुनेछ । यामाहा ब्लू फेस्टमा निम्न विशेष अफरहरू समावेश छन् ।

– जुनसुकै ब्रान्डका जुनसुकै बाइक एक्सचेन्ज गर्न मिल्ने।

– यामाहा बाइक वा स्कुटरमा न्यूनतम ५०,००० को मूल्यांकन।

– अन्य ब्रान्डमा न्यूनतम २५,००० को मूल्यांकन (कर चुक्ता अनिवार्य) ।

– एक्सचेन्जमा अतिरिक्त १०,००० बोनस।

– ६,००० सम्मको नगद छुट।

– फ्रीएक्सेसरिजहरू।

– निःशुल्कआर्थिक वर्ष ०८२/८३ को सडक कर भुक्तान।

– ७.९९प्रतिशत ब्याजदरमावित्तपोषण, ग्यारेन्टरआवश्यकनपर्ने सुविधा।

चाहे दैनिक यात्रा गर्ने यात्रु होस्, रेसिङ प्रेमी होस् वा एडभेन्चर खोज्ने साहसी राइडर, यामाहा नेपालले हरेक प्रकारका यात्रुहरूका लागि बनाइएका विविधता युक्त र शक्तिशाली बाइक तथा स्कुटरहरू प्रस्तुत गर्दै आएको छ।

एआरएआई प्रमाणित ७१.३३ किलो मीटर प्रतिलिटरको माइलेज रहेको नेपालकै सबैभन्दा बढी माइलेज दिने स्कुटर रेजेड १२५ एफआई हाइब्रिड देखि स्टाइलिश र स्पोर्टी लुकसहितको यमाहा आर१५ भी४ सम्म,यामाहाले आफ्नो स्तर सधै उच्च राखेको छ ।

सडकमा दमदार उपस्थिति चाहनेहरूले एम–१५भी२ र एफजेड भी ३ सिरिज रोज्न सक्छन् भने स्पोर्टी डिजाइनसहितको पर्फर्मेन्स स्कुटरको रूपमा एरोक्स १५५ ले आफ्नो फरक पहिचान बनाएको छ । अफ(रोडका लागि डब्लुआर१५५आर जस्ता भरपर्दा बाइकहरू पनि उपलब्ध छन् । यामाहाका यी सम्पूर्ण सवारी साधनहरूमा प्रयोग गरिएको उच्चस्तरीय जापानी प्रविधिले सुरक्षित, कुशल र रोमांन्चक राइडिंग अनुभव प्रदान गर्दछ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार