काठमाडौं । नेपालका लागि विश्व प्रसिद्ध दक्षिण कोरियाली अटोमोबाइल कम्पनी 'किया' का अधिकृत विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालीले विराटनगरमा सोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले नयाँ 'किया सीआई २.०' मापदण्ड अनुसार अपडेटेड सोरुम सञ्चालनमा ल्याएको हो ।
कार्यक्रममा कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजबाट प्रमुख सदस्यहरू उपस्थित थिए, जसमा अटो डिविजनका असिस्टेंट जेनेरल म्यानेजर श्री मन्जित कुमार पोखरेल, काठमाडौं शोरुम गैरीधाराका सेल्स म्यानेजर श्री विनय श्रेष्ठ, मार्केटिङ अफिसर श्री निरात न्यौपाने र नयाँ विराटनगर शोरुमका शोरुम इन्चार्ज श्री कुशल लामिछाने लगायतका व्यक्तिहरू उपस्थित थिए ।
नेपालको पूर्वी क्षेत्रमा कियाको उपस्थिति र पकड विस्तार बढाउन विराटनगरमा सोरुम पूर्ण–सञ्चालनमा ल्याउन आवश्यक परेको मन्जित कुमार पोख्रेलले बताए । नयाँ सोरुममा विश्वविख्यात दक्षिण कोरियाली अटो ब्रान्ड कियाका नेपालमा उपलब्ध सबै भेरियन्टका इन्धन र विद्युतीय सवारीसाधन उपलब्ध हुनेछन् ।
सोरुम सुरु गरेको उपलक्ष्यमा कम्पनीले तीनदिने 'फ्ल्यास एक्सचेन्ज क्याम्प' पनि आयोजना गरेको छ । असार १४ देखि १६ सम्म (जुन २८ देखि ३० सम्म) चल्ने “किया फ्लाश एक्सचेन्ज क्याम्प“ मा जुनसुकै पुराना गाडीसँग कियाका नयाँ गाडी साट्न सकिनेछ । सो अवसरमा एक्सचेन्जका लागि ल्याइने पुराना गाडीलाई आकर्षक मूल्य प्रदान गरिने कम्पनीले जनाएको छ । यो अफर एक्सचेन्ज क्याम्प अवधिमा बुकिङ हुने सवारी साधनमा लागू हुनेछ ।
क्याम्पमा कियाका गाडीहरुको टेस्ट ड्राइभ पनि गर्न पाइनेछ । सो अवसरमा कियाका नयाँ फेसलिफ्ट सेल्टोस, सोनेट र कारेन्सको २०२५ मोडलको टेस्ट ड्राइभ गर्न पाइनेछ । त्यसैगरी गाडी खरिदकर्तालाई सहज तरिकाले बैंक, वित्तीय संस्थाबाट फाइनान्सको व्यवस्था मिलाइएको छ । कम्पनीले क्याम्पमा बिक्री हुने गाडीमा रोड ट्याक्स र एक वर्षको सम्पूर्ण बिमा आफैंले बेहोर्ने नीति लिएको छ ।
विश्वभर ख्याति कमाएका दक्षिण कोरियाली ब्रान्ड कियाका सवारीसाधनहरु ३० वर्षदेखि नेपाली सडकमा गुडिरहेका छन् । कियाका इन्धनबाट चल्ने र विद्युतीय दुवै सवारी साधनहरुले विश्वबजारमा ख्याति कमाएका छन् ।
प्रतिक्रिया दिनुहोस