२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सेरेसले नेपालभर सुरु गर्यो मनसुन एक्सचेन्ज क्याम्प

शुक्रवार , आषाढ १३, २०८२

काठमाडौं । सेरेस नेपालले असार १२ गतेदेखि १८ गतेसम्मका लागि 'मनसुन एक्सचेन्ज क्याम्प' को आधिकारिक सुरुवात गरेको छ ।

जसअन्तर्गत ग्राहकहरूले आफ्ना पुराना गाडीहरू उच्चतम मूल्यमा एक्सचेन्ज गर्दै SERES 3 मा अपग्रेड गर्ने सुनौलो अवसर पाउनेछन् । यो क्याम्प ग्राहकलाई दिगो र भविष्य मैत्री गाडी रोज्नका लागि अधिकतम मूल्य प्रदान गर्न तयार गरिएको हो।

यस लिमिटेड-टाइम इनिसियटिभको क्रममा सेरेसले ग्राहकहरूलाई उनीहरूसँग हाल रहेको सवारी साधनको लागि बेस्ट मूल्य प्राप्त गर्ने सुनिश्चितताका लागि धेरै फाइदाहरू प्रदान गर्दैछ। योसँगै क्याम्पेनमा आकर्षक एक्सचेन्ज बोनस, अटोप्लस बीमा, प्रिमियम एक्सेसरिज र विशेष नगद छुट लगायतका अफरहरू समावेश छन् ।

आफ्नो आधुनिक डिजाइन, अत्याधुनिक प्रविधि र भरपर्दो पर्फर्मेन्सका लागि परिचित सेरेसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दुवै स्तरमा आफ्नो क्षमता लगातार प्रमाणित गरिरहेको छ। नेपालमा यसको SERES 3 मोडलले आफ्नो शक्ति र इन्जिनियरिङ उत्कृष्टताको सशक्त उदाहरण पेश गर्दै ४,४६० मिटर उचाइको कठिन कोरला नाका पार गरेर इतिहास बनाएको छ।

अन्तर्राष्ट्रिय रूपमा पनि यो मोडलले इन्डोनेसियाको “२०२५ पेरिक्लिन्डोइलेक्ट्रिक भेइकल शो (PEVS)” मा तीन वटा “बेस्ट ईभी” अवार्ड जितेर आफूलाई त्यस क्षेत्रकै अग्रणी ईभीको रूपमा पुनस् प्रमाणित गरेको छ। सेरेस चीनमा नाफा कमाइरहेका गाडी निर्माता कम्पनीहरू मध्ये एक हो। सेरेसले नेपालको बढ्दो ईभी बजारमा अन्तर्राष्ट्रिय भरोसा र दीर्घकालीन विश्वास पनि सँगै लिएर आएको छ।

यो योजना नेपालभरका सबै आधिकारिक सेरेस शो रूमहरूमा असार १२ गतेदेखि १८ गते सम्म उपलब्ध हुनेछ। ग्राहकहरूले नजिकको शो रूममा गएर यो अफरको फाइदा लिन र इलेक्ट्रिक गाडीको प्रत्यक्ष अनुभव गर्न सक्नेछन् ।

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ