२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

तानसेन र रामपुर नगरपालिका कृषिमा आत्मनिर्भर बन्दै, कृषिबाटै नगरको समृद्धि हासिल गर्ने लक्ष्य

शनिवार , आषाढ १४, २०८२

पाल्पा । पाल्पाका स्थानीय तहले कृषि र पशुपालनबाट आफ्नो क्षेत्रका किसानलाई आत्मनिर्भर बनाउने जमर्को गरेका छन् । तानसेन र रामपुर नगरपालिकाले किसानलाई कृषिमा आत्मनिर्भर बनाउने जमर्को गरेका हुन् ।

कृषिलाई प्राथमिकतामा राखेर काम गर्दै आएको तानसेन नगरपालिकाले नगर भित्रका किसानहरुलाई आत्मनिर्भर बनाउन कृषि सामग्री, बाख्रा र मौरीघार प्रदान गर्दै आएको छ ।आर्थिक विकास परियोजना अन्तर्गत नगरपालिकाले यहाँका किसानलाई बाख्रा, मौरीघार र अन्य कृषि सामग्रीहरु उपलब्ध गराउदै आएको हो ।

नगरको नीति तथा योजनाअनुसार आर्थिक विकास संघ रेडासँग सहकार्य गर्दै नगरपालिकाले ११ वटा वडामा बाख्रा, कुखुरा, बिउबिजन वितरण गरिएको नगर प्रमुख सन्तोषलाल श्रेष्ठले बताए । उनले भने“ हामी कृषि र पशुपालनबाटै नगरको समृद्धि खोजिरहेका छौं, जबसम्म हामीले किसानलाई व्यावासायिक बनाउन सक्दैनौँ तबसम्म समृद्धि हासिल हुँदैन ।”

हालसम्म वडा नम्बर १ मेड्पाअन्तर्गत सिलाई मेसिन, वडा नम्बर ६ मा २० वटा बाख्रा, वडा नम्बर ७ मा २० वटा बङ्गुर, वडा नम्बर ८ का कृषकलाई २० वटा बाख्रा, वडा नम्बर ९ मा सुन्तला फलफूल वितरण, वडा नम्बर १० का कृषकलाई २२ वटा बिउपाठी र १ बिउ बोका उपहारको रूपमा प्रदान गरिएको छ ।

यसैगरी, वडा नम्बर ११ मा ५ हजार कुखुरा, ६२ वटा बाख्रा, एउटा बिउ बोका, २२ गोलासहित मौरी घार, वडा नम्बर १२ मा ५८ वटा हाते टयाक्टर, २९ कम्वायल, १२ कन्सेलर, प्रदान गरिएको नगरपालिका प्रवक्ता यादवसिंह कार्कीले जानकारी दिनुभयो । बाख्राका पाठापाठी अन्य कृषकलाई उपहार दिनेगरी बाख्रा प्रदान गरिएको हो । आर्थिक विकास सङ्घ रेडा पाल्पाका निर्देशक लीलाबहादुर कार्कीले किसानलाई प्रोत्साहन गर्दै कृषकका आवश्यकता र मागका आधारमा तानसेन नगरपालिकाको आर्थिक सहयोग र हेफर नेपालको प्राविधिक सहयोग, रेडाको सहजीकरणमा कृषि सामग्री उपलब्ध गराएको छ ।

साथै रामपुर नगरपालिकाले पनि कृषकको आयआर्जन बढाउन नगरभित्रका ३९ जनालाई ९५ मौरीका घार वितरण गरेको छ । पालिकाले ५० प्रतिशत अनुदानमा घार वितरण गरेको हो । मौरी पालनलाई व्यवसायिक रुपमा प्रवद्र्धन गर्न घार वितरण गरिएको नगरपालिकाकी उपप्रमुख बालकुमारी थापाले बर्ताए ।

परम्परागत घारमा पुरानै शैलीमा मौरीपालन गर्दै आउनुभएका रामपुर –४ का किसान शेरबहादुर रानाले आधुनिक घार पाएपछि आफूमा उत्साह थपिएको बताए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार