काठमाडौं । क्यान्सर, दम, मधुमेह र मोटोपनजस्ता समस्याहरू कम गर्न स्याउले मद्दत गर्न सक्छ भन्ने केही अनुसन्धानकर्ताहरूको भनाइ छ। उनीहरूका अनुसार, स्याउमा अरू फलहरूको तुलनामा एन्टिअक्सिडेन्ट धेरै पाइन्छ। एन्टिअक्सिडेन्टको हिसाबले स्याउ दोस्रो स्थानमा पर्ने फल हो।
स्याउ फेनोलिक कम्पाउण्डको पनि राम्रो स्रोत हो, जुन फाइटोकेमिकल्सको अर्को प्रकार हो। एक अध्ययन अनुसार, अमेरिकाका मानिसहरूले आफ्नो कुल फेनोलिक आवश्यकताको २० प्रतिशत भाग स्याउको सेवनबाट पूर्ति गर्छन्।
अनुसन्धानअनुसार, स्याउमा पाइने फेनोलिक कम्पाउण्डहरूले मुटुको रोग, क्यान्सर, दम, मधुमेह र मोटोपनजस्ता स्वास्थ्य समस्याहरू कम गर्न सहयोग पुर्याउन सक्छन्।
वैज्ञानिकहरूले अरू फलहरूको तुलनामा स्याउ खानु भन्ने सल्लाह किन दिन्छन् भने यसमा शक्तिशाली पोलिफेनोल्स र एन्टिअक्सिडेन्ट पाइन्छ ।
स्याउ खान सल्लाह दिनुका पछाडि अर्को मुख्य कारण भनेकाे यो फल सहजै उपलब्ध हुन्छ र अधिकांश मानिसको पहुँचमा हुन्छ। यो स्पष्ट छ कि स्याउमा हाम्रो स्वास्थ्य सुधार गर्ने क्षमता छ।
[caption id="attachment_369417" align="alignnone" width="768"]
एक दिनमा कति वटा स्याउ खानु पर्छ ?[/caption]
अनुसन्धानहरूले देखाए अनुसार दैनिक रूपमा एउटाभन्दा बढी स्याउ खाने बानी स्वास्थ्यका दृष्टिकोणले फाइदाजनक हुन्छ ।
एक अध्ययन अनुसार दैनिक रूपमा तीन वटा स्याउ खाँदा मानिसहरूको तौलमा उल्लेखनीय कमी आएको थियो। सन् २०२० मा प्रकाशित एक अध्ययनमा ४० जना सहभागीलाई दुई समूहमा बाँडियो। पहिलो समूहलाई दैनिक दुई वटा स्याउ खान दिइयो। दोस्रो समूहलाई उस्तै क्यालोरी भएको स्याउको जुस दिइयो।
यो प्रयोग आठ हप्ता सम्म चल्यो र सहभागीहरूले आफ्नो अन्य खानपान परिवर्तन गरेनन्। अन्त्यमा, स्याउ खाने समूहको कोलेस्ट्रोल स्तरमा महत्त्वपूर्ण कमी आएको पाइएको थियो।
यद्यपि, थोरै संख्यामा गरिएको यो अध्ययनले ठूलो निष्कर्ष निकाल्न भने पर्याप्त हुँदैन।
- बीबीसीबाट
प्रतिक्रिया दिनुहोस