काठमाडौं । पत्रकार दिलभूषण पाठकविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । साइबर अपराध गरेको आरोपमा उनीविरुद्ध मुद्दा दायर भएको हो ।
नेपाल प्रहरीको साइबर ब्यूरोले युट्युबमार्फत घृणा र द्वेष फैलाएको आरोपमा पाठकविरुद्ध मुद्दा दायर गरेको हो । अभियोग पत्रमा उजुरी दिनेको परिवर्तित नाम राखिएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को विद्युतीय स्वरूपमा गैरकानूनी कुरा प्रकाशन गरेको कसुरमा एक लाख जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजायको मागदाबी गरेको छ ।
साइबर ब्युरोले असार १३ गते जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।
यसअघि प्रहरीले पक्राउ पूर्जी जारी गरेर उनीमाथि अनुसन्धान गर्न खोजेको थियो । तर उच्च अदालतले पक्राउ नगर्नु भनी आदेश गरेपछि उनी पक्राउ परेका थिएनन् ।
प्रतिक्रिया दिनुहोस