२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

युवा पुस्ताको पहिलो रोजाइ ‘वाइवाइ क्वीक हट एण्ड स्पाइसी’

मंगलवार , आषाढ १७, २०८२

काठमाडौं । नेपालमा चाउचाउ उत्पादन सुरु भएको दशकौं भइसक्यो, तर केही वर्ष अघिसम्म बजारमा अत्यन्तै पिरो स्वादको चाउचाउ भने दुर्लभ थियो।

उपभोक्ताको बदलिँदो स्वाद र रुचिसँगै हाल बजारमा एक चाउचाउ ब्रान्डले विशेष पहिचान बनाउँदै गएको छ, सिजी ग्रुपद्वारा उत्पादित ‘वाइवाइ क्वीक हट एण्ड स्पाइसी’।

करिब चार वर्षअघि कोभिड महामारीको समयमा सार्वजनिक भएको यो चाउचाउ अहिले देशको कुनाकाप्चासम्म लोकप्रिय बनेको छ। सहरदेखि गाउँसम्म, सुपरस्टोरदेखि किराना पसलसम्म वाईवाई हट एण्ड स्पाइसी उपभोक्ताको प्राथमिक रोजाइ बन्न पुगेको छ।

यो उत्पादन विशेष बनाउने पक्ष भनेको यसको स्वाद मात्र होइन, यसको निर्माण प्रक्रिया र सामग्री पनि हो। स्वादमा हट र ट्वाक्क भएको यो चाउचाउको मुख्य विशेषता नेपालमै उत्पादित अकबरे खुर्सानी हो, जुन इलाम, ताप्लेजुङ, धनकुटा लगायतका पहाडी जिल्लाका किसानहरूले उत्पादन गरेका हुन्।

स्थानीय तेल र मसला मिसाएर बनाइएको यो चाउचाउले नेपालीपनको स्वादलाई थप प्रगाढ बनाएको छ। स्वदेशी उत्पादनमा आधारित रहेर बनाइएको यस चाउचाउमा कार्बोहाइड्रेट, प्रोटिन, भिटामिन तथा मिनिरल्स समेत समावेश गरिएका छन्, जसले यसलाई स्वादिलोसँगै स्वास्थ्यअनुकूल बनाएको छ।

कम्पनीका अनुसार, उपभोक्ताको स्वाद, ट्रेन्ड र जीवनशैली बुझेर नै वाईवाई हट एण्ड स्पाइसी बजारमा ल्याइएको हो। विशेषगरी युवापुस्तालाई लक्षित गरी तयार पारिएको यो चाउचाउको प्याकेजिङ डिजाइनसमेत एआइको सहयोगमा बनाइएको हो, जसले अहिलेको ‘जेन जेड’ पुस्तालाई आकर्षित गर्न सफल देखिन्छ।

१०० ग्रामको प्याकमा ५० रुपैयाँ पर्ने यो उत्पादन अहिले बजारमा १० प्याकेटको सानो कार्टुन र २० प्याकेटको ठूलो कार्टुनमा उपलब्ध छ। बजारको मागअनुसार मात्र उत्पादन भइरहेको यो चाउचाउको माग दिनानुदिन बढ्दो छ, र कम्पनीले यसको वितरण सञ्जाललाई देशव्यापी रूपमा विस्तार गर्ने विश्वास लिएको छ।

नेपाली स्वाद, नेपाली सामग्री, नेपाली उपभोक्ताको चाहना र अन्तर्राष्ट्रिय स्तरको उत्पादनस्तरलाई एउटै प्याकेटमा समेटेर ल्याइएको वाईवाई क्वीक हट एण्ड स्पाइसी आजको पुस्ताका लागि मात्र नभई नेपाली चाउचाउ उद्योगका लागि पनि एक प्रेरणादायक मोडल बनेको छ।

सस्तो, स्वादिलो, पोषिलो र स्वदेशी—यी सबै विशेषता बोकेको यो चाउचाउ केवल एउटा चाउचाउ होइन, नेपाली स्वादको आत्मविश्वास हो।

वाइवाइ केवल चाउचाउ मात्र होइन, यो नेपालबाट विश्वलाई चखाइएको स्वाद र नेपाली ब्राण्डको सफलताको कथा पनि हो। नेपाली बजारमा ६० प्रतिशतभन्दा बढी सेयर ओगटेको वाइवाइले अहिले विश्व बजारको ४ प्रतिशत हिस्सा समेत कब्जा गरिसकेको छ।

हरेक वर्ष झण्डै २० प्रतिशतले वृद्धि भइरहेको यसको अन्तर्राष्ट्रिय बजार विस्तारले नेपाली उत्पाद पनि विश्वस्तरमा प्रतिस्पर्धा गर्नसक्छ भन्ने प्रमाणित गरिदिएको छ। हालै सार्वजनिक गरिएको वाईवाई क्वीक हट एण्ड स्पाइसी संस्करणले वाईवाईको उपस्थिति नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय बजारमा समेत थप सशक्त बनाउनेछ।

वाइवाइले स्वादसँगै नेपालको नाम पनि विश्वभर फैलाइरहेको छ, र यसले नेपाली पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा अझ उचाइमा पुर्‍याउने दिशामा अग्रसर छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार