२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

अलपत्र परेका योजनाहरुलाई सम्पन्न गरिने

बुधवार , आषाढ १८, २०८२

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले भौतिक मन्त्रालयले अलपत्र परेका योजनाहरुलाई सम्बोधन गर्ने गरी यो वर्ष पनि बजेट विनियोजन गरेको बताएका छन् ।

आज राष्ट्रियसभामा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै उनले कतिपय पुल तथा बाटाहरु आदिभन्दा बढी बनिसकेका भए पनि अलपत्र अवस्थामा रहेको बताए ।

उनले भने, “अलपत्र परेका योजनाहरुलाई सम्बोधन गर्न वर्ष पनि बजेट राखेका छौँ र आगामी वर्ष पनि राख्छौँ । पूर्ण रुपमा लगत सङ्कलन गरेर काम गर्छौं ।”

मन्त्री दाहालले बजेट जनमैत्री बनाउन र उत्पादनसँग बजेटलाई जोड्ने कोसिस गरिरहेको बताए । “पूर्वपश्मिचमा चार वटा राजमार्गहरु बनिसकेपछि त्यहाँ रोजगारी सिर्जना, व्यापारहरु बढ्दै जानेछन् । जसले गर्दा उत्पादन र आम्दानी बढ्नेछ ।” उनले बजेट सन्तुलनमा गत वर्षको ट्रेन्डभन्दा परिवर्तन गर्न नसकेको स्वीकारे । उनले बजेट विनियोजन कसरी व्यवस्थित बनाएर जानेमा ध्यान दिनुपर्ने बताए ।

मन्त्री दाहालले रु तीन करोडभन्दा तलका आयोजना विनियोजनको जवाफमा नियमित प्रकृतिका आयोजनामा भुक्तानी गर्न बाँकी रकम छुट्याइएको वा अध्ययनमा राखिएको बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट