२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

बागमती प्रदेशसभाः बजेटमा छलफल हुँदै

बिहिवार , आषाढ १९, २०८२

मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज बिहान ११ः०० बजे हुँदैछ । बैठकमा आगामी आर्थिक वर्षको बजेटमा छलफल प्रारम्भ हुने कार्यसूची छ ।

प्रदेशसभा सचिव रामकुमार पौडेलका अनुसार बजेटमाथिको छलफल र आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेको जवाफपछि खर्च कटौतीको प्रस्ताव प्रस्तुत हुने कार्यसूची छ ।

बजेटलाई लिएर सत्तापक्ष र प्रतिपक्षबीच विवाद हुँदा यसअघि निर्धारण भएका दुईवटा बैठक सूचना टाँसेर स्थगन भएका थिए । आजको बैठक बिना व्यवधान सञ्चालन गर्ने प्रयास भइरहेको सभामुख भुवनकुमार पाठकले बताए।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट