काठमाडौं । दराजका विक्रताहरूले अब आफ्नो अकाउन्ट र इन्भेन्टरी व्यवस्थापन टिगबाटै अटोमेट गर्न सक्ने भएका छन् ।
क्लाउडमा आधारित नेपालको लोकप्रिय सफ्टवेयर टिगले दराजसँगको सहकार्यमा इन्टिग्रेसन सुविधा ल्याएको हो ।
म्यानुअल रूपमा बुक कीपिङ र अर्डर व्यवस्थापन गर्दा ई–कमर्श व्यवसायीहरूलाई धेरै समय लाग्ने र गल्ती हुने सम्भावना हुन्छ । तर, टिगको इन्टिग्रेसन सुविधाले घण्टौँ लाग्ने डेटा इन्ट्रीको काम अब केही मिनेटमै सकिने छ ।
कुनै प्रविधिक झन्झटबिना, केही क्लिकमै अर्डर विवरण लिने, ग्राहक बनाउने र इनभ्वाइस तयार गर्न सकिने टिगले प्रमुख कार्यकारी अधिकृत (सीइओ) रमेश केसी बताउँछन् ।
‘हामीले सयौँ दराज विक्रेतासँग कुरा गर्दा म्यानुअल रिकन्सिलिएसन र इनभ्वाइसिङमा अल्झिएका देख्यौँ,’ उनले भने, ‘हाम्रो लक्ष्य भनेको दराजका विक्रेताहरूको समय बचत गर्ने हो । यो इन्टिग्रेसन सुविधाले सहज र व्यवसायीहरूलाई प्रशासनिक झन्झटबाट मुक्त गराउने छ ।’
यो प्रणाली बारकोड स्क्यानरमैत्री भएकाले रिटेल अर्डरहरू पनि सजिलै प्रोसेस गर्न सकिने छ । टिगले आगामी दिनमा रिटर्न म्यानेजमेन्ट, इन्भेन्टरी सिंक र भुक्तानी मिलान जस्ता थप सुविधाहरू ल्याउने तयारी गरिरहेको जनाएको छ ।
हाल यो एकीकरण सबै टिग प्रयोगकर्ताहरूका लागि उपलब्ध छ। नयाँ प्रयोगकर्ताहरूले नि:शुल्क ट्रायलको लागि टिगमा साइनअप गर्न सक्नेछन्।
के हो टिग ?
टिग साना तथा मझौला व्यवसायहरूका लागि डिजाइन गरिएको क्लाउडमा आधारित अकाउन्टिङ प्लेटफर्म हो, जसले व्यवसायीहरूलाई समय बचत गर्न, लेखा प्रक्रिया सहज बनाउने र सूचनामा आधारित निर्णय गर्न सहयोग पुर्याउँछ ।
दराज दक्षिण एसियाको अग्रणी अनलाइन मार्केट प्लेस हो, जसले हजारौं विक्रेताहरूलाई लाखौं ग्राहकहरूसँग जोड्ने काम गर्छ । दराजले लजिस्टिक, भुक्तानी, मार्केटिङ आदिको एकीकृत समाधान प्रदान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस