काठमाडौँ । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका युनुस अन्सारीलाई काठमाडौँ जिल्ला अदालतले धरौटीमा छाड्न आदेश दिएको छ । अदालतले अन्सारीसँग १५ लाख धरौटी माग गरेको हो ।
न्यायाधीश बलराम लम्सालको इजलासले सोमबार अन्सारीलाई धरौटीमा छाड्न आदेश गरेको थियो । तर, धरौटी बुझाउन नसकेपछि उनलाई कारागार चलान गरिएको छ ।
अन्सारीविरुद्ध अनुसन्धान सकेर प्रहरीले शुक्रबार मात्र रायसहितको अनुसन्धान प्रतिवेदन पेश गरेको थियो । अन्सारीविरुद्ध ९ करोड ९ लाख ५३ हजार ७०९ रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर गरिएको थियो ।
नक्कली भारतीय नोट प्रकरणमा ६ वर्षको सजाय भुक्तान गरी छुटे लगत्तै पक्राउ परेका थिए । आइतबार अदालतमा पेस गरेर बयान र थुनछेक बहस भएको थियो ।
प्रतिक्रिया दिनुहोस