२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नेपाली मेकानिक्सलाई लक्षित गर्दै बोशले सुरु गर्‍यो ‘हाम्रो बोश’ डिजिटल लोयल्टी कार्यक्रम

मंगलवार , आषाढ २४, २०८२

काठमाडौं । अटोमोबाइल प्रविधिको विश्वविख्यात ब्रान्ड 'बोश'ले नेपाली बजारका मेकानिक्सलाई लक्षित गर्दै डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’ सुरु गरेको छ। कम्पनीको नेपालस्थित आधिकारिक वितरक सत्यदिप इन्टरनेशनलको सहकार्यमा राजधानीमा आयोजित विशेष समारोहमार्फत कार्यक्रमको घोषणा गरिएको हो।

विशेषतः काठमाडौं उपत्यकाका स्थानीय मिस्त्री र ग्यारेज सञ्चालकलाई लक्षित यो कार्यक्रमले बोश ब्रान्डका स्पेयर पार्ट्सको प्रयोगलाई प्रोत्साहन गर्ने लक्ष्य लिएको छ। कार्यक्रममा बोश भारतका वरिष्ठ अधिकारी, स्थानीय वितरकहरू र १५० भन्दा बढी मेकानिक्सको उल्लेखनीय सहभागिता देखिएको थियो।

बोश मोबिलिटी आफ्टरमार्केट भारतकी क्षेत्रीय प्रमुख तथा सार्क प्रतिनिधि रिथी सेठीले नेपालको अटोमोटिभ अफ्टरमार्केट क्षेत्रलाई सम्भावनायुक्त बजारको रूपमा उल्लेख गर्दै भनिन्, “हाम्रो बोश कार्यक्रमले स्थानीय ग्यारेजलाई ओरिजिनल पार्टपुर्जाको प्रयोगमा आकर्षक अंक र इन्सेन्टिभ प्रदान गर्नेछ। मोबाइल एपमार्फत पोइन्ट ट्रयाकिङ र रिडिङ्ग गर्ने प्रक्रिया सहज र प्रयोगकर्ता मैत्री बनाइएको छ।”

बोश नेपालका कन्ट्री म्यानेजर सन्दीप कामतले कार्यक्रममार्फत बोशले नेपाली मेकानिक्ससँगको सम्बन्ध अझ बलियो बनाउने विश्वास व्यक्त गरे। उनले भने, “हाम्रो बोश कार्यक्रम बोश र नेपाली ग्राहकबीचको दीर्घकालीन सम्बन्धको प्रतिविम्ब हो। हामी सधैं गुणस्तरीय प्रविधि र समाधान ल्याउन अग्रसर रहन्छौँ।”

त्यस्तै, सत्यदिप इन्टरनेशनलका प्रबन्ध निर्देशक दिपेन्द्र मिश्रले २० वर्षभन्दा बढी समयदेखि बोशसँगको साझेदारी गर्वको विषय भएको बताए। “मेकानिक्स अटोमोटिभ क्षेत्रको मुटु हुन्,” उनले भने, “हाम्रो बलियो वितरण सञ्जालमार्फत यो डिजिटल पहलले बजार प्रवर्द्धनमा ठुलो टेवा पुर्‍याउने विश्वास छ।”

‘हाम्रो बोश’ एप नेपाली बजारको लागि विशेष रूपमा डिजाइन गरिएको छ, जसमा दर्ता भएका मेकानिक्सहरूले आफ्नो खरिदमा आधारित अंकहरू संकलन गरी विविध पुरस्कारहरूमा रिडिम गर्न सक्नेछन्।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ