२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

‘सिटिजन्स सदाबहार योजना’को इकाई असार २७ गतेसम्म खरिद गर्न सकिने

मंगलवार , आषाढ २४, २०८२

काठमाडौं । सिटिजन्स क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुने पहिलो खुलामुखी योजना 'सिटिजन्स सदाबहार योजना' मा आवेदन दिने समय असार २७ गतेसम्म मात्र खुला रहनेछ ।

नेपाल धितोपत्र बोर्डबाट आवश्यक अनुमति प्राप्त यस योजनाको इकाई बिक्री असार १३ गतेदेखि सुरु भई २७ गते (शुक्रबार) साँझ ५ बजेसम्म बैंकिङ समयसम्मका लागि खुला गरिएको हो ।

योजनाको कोष प्रवर्धकमा सिटिजन्स बैंक ईन्टरनेसनल लिमिटेड र योजना व्यवस्थापक तथा डिपोजिटरीमा सिटिजन्स क्यापिटल लिमिटेड छ। योजनामा ५० करोड रुपैयाँको एसआइपी समेत गर्न सकिने छ।

सिटिजन्स सदाबहार योजना खरिद गर्न मेरो सेयर खातामार्फत वा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त सी-आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएको शाखा कार्यालयहरूबाट समेत आवेदन दिन सकिने छ।

यस योजनामा सहभागी हुनका लागि न्यूनतम १०० र अधिकतम ५ लाख इकाइ खरिद आवेदन दिन सकिने प्रावधान छ। साथै, यस योजनाको प्रथम चरणमा निष्कासित इकाइ बाँडफाँडपछि नियमक निकायहरूको नियमानुसार तथा स्वीकृति लिई एसआइपीमार्फत थप इकाइहरू निष्कासनको व्यवस्था समेत मिलाइने कम्पनीले जानकारी दिएको छ।

योजना अन्तर्गत औसत वार्षिक प्रतिफल १५.१० प्रतिशत हुने अनुमान गरिएको छ । सिटिजन्स क्यापिटल लिमिटेडले म्युचुअल फन्ड, लगानी व्यवस्थापन तथा वित्तीय परामर्श सेवामा नयाँ आयाम थप्दै सम्पूर्ण शाखामार्फत सेवा विस्तार गरिरहेको छ ।

कम्पनीको अध्यक्ष राजेन्द्रलाल श्रेष्ठ र प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठ छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार