२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

यामाहाले गौरवमय ७०औं वार्षिकोत्सवका अवसरमा ल्यायो राष्ट्रव्यापी एक्सचेन्ज अफर

मंगलवार , आषाढ २४, २०८२

काठमाडौं । यामाहा नेपालले यामाहाको इनोभेसन, स्टाइल र पर्फर्मेन्सले भरिएको विश्व यात्राको गौरवमय ७० औं वार्षिकोत्सव मनाउँदैछ। यस ऐतिहासिक उपलब्धिलाई सम्मान गर्न यामाहा नेपालले देशभरका राइडरहरूलाई एक उत्साहजनक राष्ट्रव्यापी एक्सचेन्ज इभेन्टमार्फत साधारणबाट लिजेन्डरीमा अपग्रेड हुन आमन्त्रण गर्दैछ, जुन इभेन्टको आयोजना यहि असार २५ देखि ३२ गतेसम्म सबै यामाहा शोरूमहरूमा हुने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यस विशेष उत्सवको एक भागस्वरूप, ग्राहकहरूले रु. ७,०००/- सम्मको नगद छुट तथा केवल ७.९९% ब्याजदरमा आकर्षक ईएमआई योजनाको लाभ लिन सक्नेछन्, जसले यामाहा किन्न अझ सजिलो र सुविधाजनक बनाउनेछ।

एक्सचेन्ज आकर्षणहरूमा:

- कुनै पनि ब्रान्डको बाइक वा स्कुटरमा रु. २५,०००/- को न्यूनतम मूल्यांकन

- अतिरिक्त रु. १०,०००/- सम्मको भ्यालुएसन बोनस

- निश्चित मोडेलमा ०% ब्याजदरमा ईएमआई

- फ्लेक्सिबल फाइनान्स अप्सन

- २ वर्ष ट्याक्स-फ्री – राइड-फ्री अफर, जसले बाइक किन्न झन्झटमुक्त र सहज बनाउँछ।

यसै सन्दर्भमा आफ्नो धारणा राख्दै एमएडब्लू राइड्सका कार्यकारी निर्देशक तथा सीइओ दीपक कुमार अग्रवालले भने, “यामाहाको ७० औं वार्षिकोत्सव केवल समयको होइन, विश्वास, प्रविधि र रूपान्तरणको उत्सव हो। नेपालमा यामाहा सधैंभरि पर्फर्मेन्स, भरोसा र इनोभेसनको अर्थ बुझ्ने राइडरहरूको रोजाइको ब्राण्ड बन्दै आएको छ। यो राष्ट्रव्यापी एक्सचेन्ज क्याम्पेनमार्फत हामी ग्राहकलाई यामाहाको यो लिजेन्डरी यात्राको हिस्सा बन्ने अवसर दिइरहेका छौं, त्यो पनि यामाहा राइड गरेजस्तै रमाइलो अफरसँगै।”

कम्पनीका अनुसार यो क्याम्पेन केवल एक्सचेन्ज मात्र होइन, यो त यामाहाको ७० वर्षदेखिको उत्कृष्टता र गौरवको उत्सव हो भने विश्वसनीय जापानी इन्जिनियरिङ र पुस्तौंदेखि कायम गुणस्तरको प्रतिबद्धतालाई एकसाथ ल्याउने अवसर पनि हो। स्टाइल, पर्फर्मेन्स वा दीर्घकालीन भरोसा का लागि यामाहा सबै चाहना पूरा गर्न तयार रहेको कम्पनीले जनाएको छ।

एमएडब्लू राइड्स अन्तर्गतको यामाहा नेपालले आफ्नो अत्याधुनिक प्रविधि, बलियो आफ्टर सेल्स सर्भिस र फराकिलो राष्ट्रव्यापी नेटवर्कका साथमा नेपालको दुई पाङ्ग्रे बजारको निरन्तर नेतृत्व गर्दै आएको छ।

दैनिक प्रयोगका लागि बनाइएको स्कुटरदेखि थ्रिल खोज्नेहरूका लागि डिजाइन गरिएका मोटरसाइकलहरूसम्म, यामाहाले सबैका लागि उत्कृष्ट मूल्य र राइडिंग अनुभव उपलब्ध गराइरहेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ