२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

विद्युत् प्राधिकरणद्वारा रसुवा बाढीले पुर्‍याएको क्षति विवरण सार्वजनिक

बुधवार , आषाढ २५, २०८२

काठमाडौं । मंगलबार बिहान भोटेकोशी नदीमा आएको बाढीका कारण जलविद्युत् आयोजनामा भएको क्षतिको विवरण सार्वजनिक भएको छ । नेपाल विद्युत प्राधिकरणले जलविद्युत् आयोजनामा भएको क्षति विवरण सार्वजनिक गरेको हो ।

प्राधिकरणका अनुसार ⁠रसुवागढी जलविद्युत् आयोजनाको हेडवर्क्स पूर्णरूपमा क्षति भएको छ । त्यस्तै ⁠चिलिमे जलविद्युत आयोजनाको टेलरेसबाट पानी छिरेको छ भने ⁠त्रिशूली–३ ए जलविद्युत आयोजनाको ड्याम साइटको दुई वटा गेटमा क्षति पुगेको छ ।

त्यस्तै, ⁠त्रिशूली–३ बी हब सबस्टेसनमा पानी छिरेको र हालसम्म १३२ केभीको बेलगायत संरचनामा क्षति पुगेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार त्रिशूली करिडोरको रसुवागढी, त्रिशुलि–३ ए, देवीघाट, त्रिशूली लगायत निजी क्षेत्रको अपर मैलुङ टाडी गरी लगभग २ सय ५० मेगावाट विद्युत् प्रणालीबाट विच्छेद भएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट