२०८३, जेठ २४ गते

आइतवार, जेठ २४ गते २०८३

ट्राफिक प्रहरीद्वारा तीन करोड राजस्व संकलन

बिहिवार , आषाढ २६, २०८२

पाल्पा । जिल्ला ट्राफिक कार्यालयले नियमविपरीत सवारी साधन चलाएका ५९ हजार ७५५ जनाबाट जरिवानास्वरुप तीन करोड २१ लाख ९० हजार ६ सय राजस्व संकलन गरेको छ । यो रकम आर्थिक वर्ष २०७८/०७९ देखि चालु आवको जेठ मसान्तसम्मकोे हो ।

जिल्ला ट्राफिक कार्यालयका प्रमुख प्रवीण आचार्यका अनुसार ट्राफिक नियम उल्लंघन, मादक पदार्थ सेवन, निर्धारित भाडाभन्दा बढी असुली, निजी सवारीसाधनलाई भाडाका गाडीले यात्री ओसारपसार गरेझै रकम असुलीलगायत गैरकानुनी काम गरेकाहरूबाट उक्त रकम जरिवानस्वरुप संकलन भएको हो ।

तीन वर्षमा यहाँ २४३ सवारी दुर्घटना भएकामा १२४ जनाले ज्यान गुमाएका तथा ८३ जना घाइते भएका थिए । जीर्ण सडक, चालकको लापरवाही,तीव्र गति र मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने प्रवृत्तिका कारण सडक दुर्घटना बढेको उनले बताए।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट