२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

काठमाडौं महानगरको आगामी आवको बजेट सीमा २५ अर्ब ११ करोड

शुक्रवार , आषाढ २७, २०८२

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु २५ अर्ब ११ करोडको बजेट सीमा निर्धारण गरेको छ ।

आन्तरिक विवादका कारण कामपाले बजेट ल्याउने समयसीमाभन्दा ढिला बजेट ल्याउन लागेको हो । कामपाका प्रमुख बालेन्द्र साह ‘बालेन’को अध्यक्षतामा आज बसेको राजस्व परामर्श समितिको बैठकले सो बजेट सीमा निर्धारण गरेको हो ।

आजै बसेको महानगरको ४०औँ कार्यपालिका बैठकले आगामी आइतबार १७ औँ नगरसभा अधिवेशन बस्ने निर्णय गरेको छ । सोही दिन बिहान कार्यपालिका बैठक बस्ने महानगर प्रमुख साहले बताए ।

महानगरले चालु आर्थिक वर्षका लागि गतवर्ष रु २४ अर्ब ९० करोड बजेट ल्याएको थियो । आगामी आवका लागि चालु आवको तुलनामा रु २१ करोड वृद्धि गर्ने गरी सीमा निर्धारण गरेको हो ।

राजस्व परामर्श समितिको बैठकमा प्रमुख साहले जनचाहनाअनुरूप विकास गर्ने गरी पूर्वाधार विकासमा बजेट थप गर्न निर्देशन दिएका थिए । चालु आवको तुलनामा आगामी आर्थिक वर्षमा पूर्वाधार विकासमा बजेट थप गर्ने निर्णयसमेत समितिले गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट