२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

म्याद थप्दा समेत सम्पन्न भएन जैमिनी नगरपालिकाको प्रशासकीय भवन 

शनिवार , आषाढ २८, २०८२

बागलुङ । बागलुङको जैमिनी नगरपालिकाको प्रशासकीय भवन निर्माणमा ढिलाइ भएको छ । निर्माण व्यवसायीको लापरर्वाहीका कारण जैमिनी नगरपालिकाको प्रशासकीय भवन निर्माण थपिएको म्यादसमेतमा काम सम्पन्न नभएको हो ।

निर्माण व्यवसायीको ढिला सुस्तकीका कारण जैमिनी नगरपालिकाको सुविधा सम्पन्न प्रशासकीय भवन निर्माण समयमै नसकिएको हो ।

विसं २०७८ माघ २१ गते तीन वर्षमा सक्नेगरी सम्झौता भएपनि सम्झौता मिति सकिएर पुनः छ महिनालाई थपिएको म्यादमा समेत काम सम्पन्न नभएको जैनिमी नगरपालिकाले जनाएको छ । माघमा सकिएको म्याद छ महिनालाई थपेर असार १७ गतेसम्म पुर्याइएको थियो । छ महिना म्याद थप्दासमेत भवनको प्रगति जम्मा ७० प्रतिशत भएको छ ।

भवनको साढे चार तला ढलान सकिएर इटालगाइरहेको भवनमा मुस्किलले एक दर्जनमात्रै कामदार खटिएको जैमिनी नगरपालिकाका इन्जिनियर विवेक सापकोटाले जानकारी दिनुए ।

निर्माण व्यवसायीलाई जैमिनी नगरपालिकाले पटक–पटक समयमै काम सक्न दबाब दिएपनि कामको प्रगति जम्मा ७० पुुग्नु लज्जास्पत भएको जैमिनी नगरपालिकाका नगरप्रमुख नर बहादुर पुनले बताए ।

“तीन वर्षमा ५५ प्रतिशत काम भएको थियो छ महिनाभित्र सक्नेगरी म्याद थपेका थियो तर प्रगति कछुवा गतिमा छ, थपिएको म्यादसमेत सकिदा जम्मा ७० प्रतिशत प्रगति भएको छ, पर्खालसहित अन्य पूर्वाधारको काम बाँकी रहेको छ” पुनले भने “निर्माण व्यवसायीले छ महिनाभित्र काम सक्ने प्रतिबद्धता जनाएपछि थपिएको म्यादमा जम्मा १५ प्रतिशत प्रगति भएकाले नगरपालिकाको कार्यपालिकामा लैजाने तयारी गरेका छौँ, कार्यपालिकाले जे भन्छ त्यहीअनुसार अघि बढिन्छ ।” यही गतिमा काम भइरहे अबको दुई वर्षमा समेत भवन निर्माण नसकिने पुनको भनाइ छ ।

समयमै काम सकेमा पालिकाले भाडा तिरेर अरुको घरमा बस्नु नपर्ने बतउँदै ठेकेदारले कछुवा गतिमा काम गर्दा समस्या भएको उनको भनाइ छ ।

साढे चार तलाको भवन ढलान भएर पर्खाल लगाउने काम चलेपछि ठूलो भवनमा कछुवा गतिमा काम भएको छ ।

अन्य पर्खाल, झ्याल ढोका, लिफ्ट, विद्युत्, खानेपानी, रङ्ग रोगन तथा डेकोरेशनको काम पुरै बाँकी रहेको छ । सम्झौता सकिएपछि निर्माण व्यवसायीले म्याद थपका लागि समेत निवेदन नदिएको नगरपालिकाका इन्जिनियर विवेक सापकोटाले जानकारी दिए ।

नगरपालिकाको विद्युतीय भर्याङसहित साढे चार तलाको प्रमुख प्रशासकीय भवन निर्माणका लागि रविना÷प्राकृतिक÷जुगल जेभीसँग आठ करोड १७ लाख ६५ हजारमा ठेक्का सम्झौता भएको थियो । २०८१ पौष १५ मा निर्माण सक्नेगरी भएको ठेक्का सम्झौताअनुसार काम नहुँदा निर्माणमा ढिलाइ भएको हो । रविना÷प्राकृतिक÷जुगल जेभीका आधिकारीक प्रतिनिधि नरेश ओझाले निर्माण सामग्रीको ढुवानीले समस्या भएकाले काममा ढिलाइ भएको बताए । समयमै भुक्तानी अभवामा काममा समस्या भएको उनको भनाइ छ ।

जैमिनी नगरपालिकाको केन्द्र कुश्मीशेराका स्थानीयले निःशुल्क दिएको आठ रोपनी जग्गामा नगरपालिका र प्रदेश सरकारको लगानीमा प्रशासकीय भवन निर्माण गर्न लागेको हो । साढे चार तलामा ४२ कोठा रहेको भवनमा विद्युतीय भर्याङसहित सुविधा सम्पन्नको हुनेछ । नगरपालिकाको विषयगत शाखासमेत अट्नेगरी भवन निर्माण थालिएको हो ।

अहिले नगरपालिकाले चारवटा घर भाडामा लिएर नगरपालिकाको सेवा दिइराखेको छ । आफ्नै भवन निर्माण भए नगरपालिकाको भाडा वापतको ठूलो रकम बचत हुने छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट