२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा दुई जना पक्राउ

शनिवार , आषाढ २८, २०८२

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–७ बस्ने उदयपुर त्रियुगा नगरपालिका–९ घर भएकी ३५ वर्षीया विमला दनुवार र काठमाडौँ नागार्जुन नगरपालिका–१ बस्ने कास्की पोखरा महानगरपालिका–२६ घर भएकी ४८ वर्षीया रामकुमारी रोक्का मगर रहेका नेपाल प्रहरी प्रधान कार्यालय समाचार कक्षले जनाएको छ ।

दनुवारले चार जनाबाट रु आठ लाख र रोका मगरले दुई जनाबाट रु दुई लाख लिई सम्पर्कविहीन भएको भन्ने उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले बिहीबार दुवै जनालाई पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

डलर साटीदिन्छु भनी ठगी गर्ने चार जना पक्राउ

डलर साटीदिन्छु भनी ठगी गरेको अभियोगमा चार जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ धार्पा घर भई भक्तपुर चाँगुनारायण नगरपालिका–१ बोडे बस्ने २८ वर्षीय पर्वत तामाङ भन्ने कर्म वाङ्गेल पाइन, २५ वर्षीय प्रकाश तामाङ भन्ने सूर्यबहादुर पाइन, ३६ वर्षीय सागर भन्ने सन्तवीर पाइन र ललितपुर महानगरपालिका–१६ धापाखेल बस्ने ३५ वर्षीय विष्णुकुमार रुम्बा रहेका छन् ।

प्रहरीका अनुसार पीडितलाई छ हजार अमेरिकी डलरका लागि सात लाख नेपाली रकम दिनु भनी असार २२ गते भक्तपुरको चागुँनारायण नगरपालिका–४ हलछापस्थित जङ्गलमा लगी नक्कली पेस्तोल देखाई पीडितबाट मोबाइल र नगद रु सात लाख लिएर उनीहरू फरार भएका थिए ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय भक्तपुरबाट खटिएको प्रहरीले बिहीबार चारै जनालाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालय समाचार कक्षले जनाएको छ ।

पक्राउ परेकाहरूका साथबाट बा७६प ५९३१ नंको स्कुटर, बागमती प्रदेश ०२–०५३ प २७८० नं को मोटरसाइकल, नगद रु ६४ हजार ४०, चेक एक थान र मोबाइल १० थान बरामद गरिएको छ । - रासस

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट