२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

‘नारायणघाट-बुटवल सडकअन्तर्गत दाउन्ने खण्डको समस्या समाधानउन्मुख छ’ : मन्त्री दाहाल

सोमवार , आषाढ ३०, २०८२

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नारायणघाट–बुटवल सडकअन्तर्गत पर्ने दाउन्ने खण्डको समस्या समाधानउन्मुख रहेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदले राखेका जिज्ञासाको जवाफ दिँदै उनले अब उक्त क्षेत्रमा ठूलो पानी परेर समस्या नभएमा सडक निर्बाध सञ्चालनमा आउने बताए । अब चाँडै त्यो क्षेत्रमा यात्रुले दुःख भोग्नुपर्ने समस्याको अन्त्य हुने मन्त्री दाहालले आश्वस्त पारे । उनले सो क्षेत्रमा सडक निर्माण गर्ने क्रममा एकतर्फ सवारीसाधन सञ्चालन गरी काम गर्ने क्रममा ट्राफिक जाम हुन पुगेको बताए ।

“एसियाली विकास बैंकको ऋण सहयोगमा नारायणघाट–बुटवलखण्ड ११३ किलोमिटर सडक स्तरोन्नतिको कामलाई पूर्व तथा पश्चिम गरी दुई खण्डमा विभाजन गरी निर्माण भइरहेको छ । हालसम्म ६४ प्रतिशत भौतिक प्रगति भएको छ”, मन्त्री दाहालले भने ।

उनले यातायात क्षेत्रलाई चुस्त बनाउन प्राथमिकताका आधारमा सडक निर्माण कार्र्यलाई तीव्रता दिएको पनि उल्लेख गरे ।

मन्त्री दाहालको भनाइ थियो, “बढी आवागमन हुने क्षेत्र, जनताका उत्पादनको बजार पहुँच र त्रिदेशीय सम्बन्धलाई स्थापित गर्ने क्षेत्रलाई प्राथमिकतामा राखेर काठमाडौँसँग जोडिएका सडक विस्तारको काम भइरहेको छ ।”

उनले मातहतको मन्त्रालयअन्तर्गत नेपाल निर्माण व्यवसायी विकास परिषद् र देशमा दर्ता भएका ‘क’ वर्गका ३४८ वटा कम्पनी रहेको बताए ।

समयमा निर्माण सम्पन्न गर्न नसक्ने व्यवसायीको ठेक्का अन्त्य गरी नियमअनुसार कालोसूचीमा राख्न सिफारिस गर्ने गरिएको मन्त्री दाहालले बताए । उनले भने, “विसं २०८१ असोज महिनासम्म सडक विभागको करिब रु २३० अर्ब कूल ठेक्का दायित्व रहेको छ । चालु आव २०८१र०८२ को असार मसान्तसम्म निर्माण सम्पन्न भएका आयोजनाको भुक्तानी छिनोफानो गर्ने गरी बजेटको व्यवस्था भइरहेको छ ।”

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट