२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

हिमालयन ईभीले भित्र्यायो 'एनयू सनसाइन’ मिनी ईभी, पेट्रोल र ब्याट्री दुवैबाट चल्ने

मंगलवार , आषाढ ३१, २०८२

काठमाडौं । नेपाली बजारमा मिनी इलेक्ट्रिक भेहिकल (ईभी) खोज्नेहरूका लागि अर्को एक आकर्षक विकल्प थपिएको छ । हिमालयन ईभी प्रालिले ‘एनयू सनसाइन’ नामक नयाँ मिनी कार सार्वजनिक गरेको हो । जसको मूल्य १० लाख ९० हजार रुपैयाँ निर्धारण गरिएको छ ।

सहरी यात्राका लागि उपयुक्त यो कार पेट्रोल र ब्याट्री दुवैबाट चल्ने कम्पनीका कार्यकारी निर्देशक पेम साङबो शेर्पाले जानकारी दिए । उनका अनुसार यो मिनी कारमा अन्य प्रतिस्पर्धी मोडलमा जस्तो ३ ढोकाको सट्टा ५ वटा ढोका दिइएको छ, जसले पछाडिको सिटमा बस्न सहज बनाउँछ ।

चालकसहित ४ जनाले आरामले यात्रा गर्न सक्ने यो कारको लम्बाइ २९५० एमएम, चौडाइ १५२० एमएम र उचाइ १६२० एमएम रहेको छ । यसमा १९३० एमएमको ह्वीलवेस, १२ इन्चको ह्वील र १५० एमएमको ग्राउन्ड क्लियरेन्स छ, जसले सामान्य नेपाली सडकमा चलाउन सहज बनाउँछ ।

ब्याट्री, मोटर र पर्फर्मेन्स

एनयू सनसाइनमा १० किलोवाट क्षमताको इलेक्ट्रिक मोटर र ६ किलोवाट–आवरको लिथियम आइरन फोस्फेट ब्याट्री प्याक जडान गरिएको छ । यसले प्रतिघण्टा अधिकतम ४८ किलोमिटर दिन्छ भने भने एक पटकको फुल चार्जमा १०० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीले दाबी गरेको छ ।

यो कारको सबैभन्दा पृथक विशेषता भनेको यसमा रहेको पेट्रोल जेनेरेटर हो । यात्राको क्रममा ब्याट्री सकिएमा कारमा उपलब्ध ४ लिटरको फ्यूल ट्याङ्क भएको पेट्रोल जेनेरेटर चलाएर ब्याट्री चार्ज गर्न र गाडीलाई निरन्तरता दिन सकिन्छ। यसले गर्दा यो कारलाई ’रेन्ज एक्सटेन्डर’ हाइब्रिड गाडी पनि भन्न सकिने कम्पनीले जनाएको छ ।

यात्रुको सुरक्षा र सुविधाका लागि कारको चारै चक्कामा डिस्क ब्रेक, रियर ह्वील ड्राइभ, इन्डिपेन्डेन्ट सस्पेन्सन र एयर कन्डिसन (एसी) जस्ता विशेषताहरू दिइएको छ ।

कम्पनीले मोटरमा २ वर्ष र ब्याट्रीमा ३ वर्ष वा ३०,००० किलोमिटरको वारेन्टी प्रदान गरेको छ ।

लान्समेन्ट अफरअन्तर्गत कम्पनीले एक वर्षको निःशुल्क बीमा (इन्स्योरेन्स), एक वर्षको सडक कर (रोड ट्याक्स) र स्क्र्याच कुपनमार्फत १० हजारदेखि १ लाख रुपैयाँसम्मको नगद छुट सुविधाहरू पनि दिने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ