काठमाडौं । प्रभु बैंक लिमिटेड र होपफुल हराईजन नेपाल प्रालिबीच विशेष छुटको सम्झौता भएको छ । सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले झम्सिखेल, पुल्चोक, ललितपुर स्थित होपफुल हराईजनमा मानसिक स्वास्थ सम्बन्धि सेवाहरुमा विशेष छुट पाउने भएका हुन् ।
एक समारोहकाबीच होपफुल हराईजनका तर्फबाट डा.प्रकृति प्रधान (Consultant Psychiatrist) र प्रभु बैंकका तर्फबाट प्रमुख मार्केटिङ्ग अफिसर रमेश कुमार श्रेष्ठले समझदारी पत्रमा हस्ताक्षर गरे । उक्त समारोहमा प्रभु बैंकका प्रिभिलेज बैंङ्किङ प्रमुख अन्जु बस्नेतको पनि उपस्थिति थियो ।
उक्त छुट सुविधाका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक होपफुल हराईजनमा पेश गर्नुपर्ने छ ।
होपफुल हराईजन एक दक्ष एवं अनुभवी विषेशज्ञहरुको टोलिद्वारा निजी क्षेत्रबाट सञ्चालित मानसिक स्वास्थ सेवा प्रदायक संस्था हो । यस संस्थाले सबै उमेर समूहका लागि विभिन्न किसिमका मानसिक स्वास्थ सम्बन्धि सेवाहरु उपलब्ध गराउँदै आइरहेको छ ।
त्यसैगरी, ग्राहकहरुको रोजाईको अगणी बैंकको रुपमा रहेको तथा “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६८ एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढी ग्राहकहरुलाई ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नाराका साथ बैंकिङ एवं वित्तीय सेवा प्रदान गरिरहेको छ । प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।
प्रतिक्रिया दिनुहोस