२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

तोकिएको समयभन्दा एक बर्ष अगावै रानीटारी–घुम्ती सडक कालोपत्र

बुधवार , आषाढ ३२, २०८२

तनहुँ । व्यास नगरपालिका–५ रानीटारीबाट म्याग्दे गाउँपालिका–४ घुम्ती जोड्ने नौ किलोमिटर सडक कालोपत्र गरिएको छ । कच्ची यस सडकलाई कालोपत्र गरी स्तरोन्नति गरिएको हो । यो सडकलाई पृथ्वीराजमार्गको वैकल्पिक मार्ग बनाउने लक्ष्य छ ।

पूर्वाधार विकास कार्यालयका प्रमुख रवीन्द्र तिवारीका अनुसार सम्पन्न गर्ने समयभन्दा एक वर्षअगावै सडक कालोपत्र भएको छ । कार्यालयले ३६ करोड ६२ लाख ९१ हजारमा सडक स्तरोन्नतिको सम्झौता गरेको थियो ।

रानीटारीबाट घुम्तीसम्मको दूरी ९ दशमलव २ किलोमिटर छ । त्यसमध्ये ७ दशमलव ३ किलोमिटर अल्स्फाट प्रविधिबाट कालोपत्र गरिएको छ भने १ दशमलव ९ किलोमिटर ढलान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट