२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सात करोड लागतमा पालिका भवन निर्माण हुँदै

बिहिवार , श्रावण १, २०८२

भोजपुर । जिल्लाको हतुवागढी गाउँपालिकाको २८ कोठे भवन धमाधम निर्माण भइरहेको छ । मूल्य अभिवृद्धि कर (भ्याट)सहित सात करोड ५० लाख ४४ हजार १३७ को लागतमा निर्माणाधीन भवनको काम अन्तिम चरणमा पुगेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाका अनुसार भवनको काम ९० प्रतिशतभन्दा बढी पूरा भएको छ । आगामी भदौसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।

भवन गाउँपालिकाको ४० प्रतिशत र केन्द्र सरकारले ६० प्रतिशत लगानी गर्ने गरी निर्माण थालिएको हो । केन्द्र सरकारले हालसम्म साझेदारी रकमको दुई करोड ३७ मात्र प्राप्त भएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए । गाउँपालिकाले पाँच करोड लगानी गरिसकेको छ ।

गाउँपालिका भवन निर्माणको लागि हालसम्म छ करोड ९० भुक्तानी भइसकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट