२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

फोटोफिचरमा हेर्नुहोस् देवघाटधामको साउने मेला

बिहिवार , श्रावण १, २०८२

राजेन्द्र आचार्य

चितवन । पवित्र धार्मिकस्थल देवघाटमा आज (बिहिबार) देखि साउने मेला सुरु भएको छ । आजबाट सुरु भएको मेला महिनाभरसम्म चल्नेछ । पहिलो दिन आज बिहानैबाट देवघाटमा स्नान गर्न आउनेको भीड लागेको छ ।

देवघाटमा स्नान र पूजा आराधनाका लागि गएरातिदेखि नै भक्तजनहरु आउने क्रम सुरु भएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले बताए ।

साउनमा करिब पाँच लाख भक्तजन मेला भर्न आउने अनुमान गरिएको उनले बताए । सोमबार अधिक भक्तजन आउने अपेक्षा छ । आगामी (सोमबार) देखि बोलबम मेला लाग्नेछ । यस वर्ष साउनमा ४ वटा सोमबार पनि परेको छ । यसले भक्तजनको आवागमन बढ्ने उनको विश्वास छ ।

सोमबार लाग्ने बोलबम मेलाका लागि तयारी थालिएको उनले जानकारी दिए । मेलामा आउने भक्तजनको सहजताका लागि चितवन र तनहुँ दुबैतर्फ उज्यालो बत्तिको व्यवस्था गरिएको छ ।

नदीमा पानीको बहाव बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै डुङ्गा, उद्धार टोलि, तीन वटा इमेर्जेन्सी बोर्ड, तार जाली, स्नान गर्ने ठाँउमा डोरी राखिएको उनले बताए । त्यस्तै, भीडभाडलाई व्यवस्थित गर्न जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालय र ट्राफिक कार्यालयसँगको समन्वयमा चितवन नवलपरासी र तनहुँको सिमानामा सुरक्षाकर्मीहरु परिचालन गरिएको उनले बताए ।

देवघाटमा चितवन नवलपरासी, रुपन्देही, मकवानपुर, लमजुङ्ग, गोर्खा, धादिङ्ग, प्रदेश १ का विभिन्न जिल्लासहित भारतबाट समेत भक्तजन आउने गर्दछन् । देवघाटको पवित्र जल र बेलपत्रले शिवको पूजा आराधना गरे आफ्नो मनोकामना पूरा भई सुख शान्ति मिल्ने विश्वास छ ।

हिन्दू धर्म अनुसार साउन महिनालाई वर्षकै सबैभन्दा चोखो महिनाका रूपमा लिने गरिन्छ । साउन महिनाभर श्रद्धालुले चोखो गरी पूजा आराधना गरेर विशेषरूपमा मनाउने गर्छन् । यो समयमा महिला हरियो कपडा र चुरा तथा मेहन्दीमा सजिने र व्रत बस्ने गर्छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ