एनआईसी एशिया बैंकका संचालक रामचन्द्र संघइ नेपाल सरकारले प्रदान गर्ने महत्वपूर्ण व्यवसायिक व्यक्ति (सीआईपी)बाट सम्मानित भएका छन् ।
मुलुकको वाणिज्य क्षेत्र, निर्यात तथा समग्र अर्थतन्त्रमा विशेष योगदान पुर्याएको भन्दै नेपाल सरकारले असार ३२ गते उनलाई सम्मान गरेको हो ।
नेपाल सरकारले मुलुकको अर्थतन्त्र तथा वाणिज्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउने विशेष व्यक्तिहरुलाई उक्त सम्मान प्रदान गर्दै आएको छ ।
मुलुकको आर्थिक विकासमा विशेष योगदान गरी नेपाल सरकारले प्रदान गर्ने सीआईपी जस्तो महत्वपूर्ण सम्मानबाट शुशोभन भएकोमा संचालक संघईलाई बैंकले बधाई समेत दिएको छ ।
प्रतिक्रिया दिनुहोस