२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

पहिलो पटक एमाले पार्टी कार्यालय च्यासलमा विद्या भण्डारी [फोटो फिचर]

आइतवार , श्रावण ४, २०८२

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सम्भवत : दश वर्षपछि एमाले पार्टी कार्यालय पुगेकी छन् ।

उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न च्यासल पुगेकी हुन् ।

एमालेको पोलिटब्युरो बैठकमा भण्डारीको एमालेको सदस्यता सम्बन्धी विवाद चर्को रूपमा उठेको थियो। नेताहरूले विवाद मिलाउन अध्यक्ष समेत रहेका ओलीलाई जिम्मा दिएका थिए। सोही विषयमा छलफल गर्न ओलीले भण्डारीलाई बोलाएका हुन् ।

सुरक्षाबाहेक सेवा सुविधा त्याग गरेर पूर्वराष्ट्रपति भण्डारी एमालेको राजनीतिमा सक्रिय हुने तयारीमा छिन्।

च्यासलमा पार्टी कार्यालय सरेपछि भण्डारी अध्यक्ष ओलीलाई भेट्न पहिलो पटक आज कार्यालय पुगेकी हुन्।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ