२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

काठमाडौंबाट २ केजी सुनसहित चिनियाँ नागरिक पक्राउ

मंगलवार , श्रावण ६, २०८२

काठमाडौं । काठमाडौंको ठमेलबाट दुई केजी सुनसहित चिनियाँ नागरिक पक्राउ परेका छन् । ठमेलबाट दुई केजी सुन र २४ लाख नगद सहित दुई जना चिनियाँ नागरिक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा चीनको सियाचिन घर भएकी ३४ वर्षीया सुमेई चोउ र ४६ वर्षीय चुनलिन थान रहेका छन् । उनीहरू दुई जना प्रेमी प्रेमिका हुन् ।

काठमाडौं महानगरपालिकाको ज्याठास्थित चिनियाँ नामको होटलबाट सोमबार साँझ उनीहरू पक्राउ परेको प्रहरीले जनाएको छ ।

सुन बरामद भएपछि प्रहरीले परीक्षण समेत गरेको थियो । सुन पुष्टि समेत भइसकेको छ । उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट