logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • डेम्बेलेले अन्तिम समयमा गोल गरेपछि बार्सिलोना विजयी

    डेम्बेलेले अन्तिम समयमा गोल गरेपछि बार्सिलोना विजयी

    3.5K
    Shares

    काठमाडौं।  स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना विजयी भएको छ। सोमबार राति भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडलाई १-० गोलले हराएको हो। 

    बार्सिलोनाको जितमा ओस्मान डेम्बेलेले निर्णायक गोल गरे । उनले खेलको ९० औँ मिनेटमा गोल गरे । 

    घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले १० खेलाडीमा सीमित भएको भालाडोलिडलाई पराजित गरेको हो । ७९ औँ मिनेटमा प्लानोले सीधै रातो कार्ड पाएपछि रियल भालाडोलिड १० खेलाडीमा सीमित भएको थियो ।

    जितसंगै बार्सिलोनाको २९ खेलबाट ६५ अंक भएको छ । भालाडोलिड भने २७ अंकसहित १६ औँ स्थानमा छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend