२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

अभिनेता आर्यन सिग्देलको उपस्थितीमा पर्फेक्ट कलेक्सनले मनायो वार्षिकोत्सव

बिहिवार , श्रावण ८, २०८२

काठमाडौं । पर्फेक्ट कलेक्सनले आफ्नो ९औँ वार्षिकोत्सव मनाएको छ । लाजिम्पाटस्थित सांग्रिला होटल अगाडि एक कार्यक्रमको आयोजना गरेर कलाकार तथा अभिनेता आर्यन सिग्देलको उपस्थितिमा कलेक्सनले ९औँ वर्षको यात्रा मनाएको हो।

सञ्चालक सविन केसी र सत्य श्रेष्ठले कलेक्सनलाई सञ्चालनमा ल्याएका हुन् । वार्षिकोत्सवको अवसरमा कलेक्सनले आफ्नो नयाँ आउटलेटलाई विस्तार गरेको छ । कलेक्सनमा सेवाग्राहीले चाहे अनुसारको कपडा खरिद गर्न पाउने भएका छन् । यसअघि कलेक्सनले फेन्सी आइटमका लुगा मात्र राख्‍ने गरेको थियो ।

अब भने कलेक्सनमा फर्मल कपडाको पेन्ट, जिन्स तथा अन्य लुगाहरू उपलब्ध भएको सञ्चालक केसीले जानकारी दिए । उनका अनुसार कलेक्सनमा सुटकेस, जुत्ता, चप्पल तथा जिन्सका आइटम र कपडाका थरीथरी आइटम उपलब्ध छन् ।

‘एकजना सेवाग्राहीले कलेक्सनमा प्रवेश गरेपछि सबै प्रकारका सामग्री पाउनेछन्,’ उनले भने,’ कलेक्सन हाउसमा छिरेपछि सेवाग्राही फर्केर जानु नपरोस् भन्ने चाहना छ ।‘ सहुलियत दरमा सेवाग्राहीलाई सामान उपलब्ध गराइने केसीले बताए । उनका अनुसार कलेक्सनमा विभिन्न ब्राण्डका लुगाहरू, लगेज, जुता, चस्मा र पफ्र्युम पनि पाइन्छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट