२०८३, आषाढ १८ गते

बिहिवार, आषाढ १८ गते २०८३

प्राधिकरणले भन्यो : चितवनको विद्युत् आपूर्ति समस्या समाधान भयो

बिहिवार , श्रावण १५, २०८२

चितवन । चितवनको विद्युत् आपूर्ति समस्या समाधान भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणले भरतपुर महानगरपालिका वडा नम्बर १३ देवनगरबाट सिधै जगतपुरमा ११ केभीको फिडरमार्फत विद्युत आपूर्ति गर्न थालेपछि चनौली वितरण केन्द्रको लोड घटेको छ ।

भरतपुरबाट चनौली ३३ केभीएको प्रसारण लाइन पठाइएको छ । त्यसले नधानेकै कारण आपूर्तिमा समस्या आएको थियो ।

बुधबारबाट भने देवनगरबाट जगतपुर, शुक्रनगर तथा माडी जाने विद्युतको आपूर्ति हुन थालेपछि चनौली माथि परेको लोडको दबाब कम भएको विद्युत प्राधिकरण बागमती प्रदेश डिभिजन प्रमुख जितेन्द्र कुमार झाले बताए । ‘अब चितवनको विद्युत आपूर्तिको समस्या पूर्ण रुपमा समाधान भएको छ,’ डिभिजन प्रमुख झाको भनाइ छ ।

लोडसेडिङ गरेको भनेर व्यापक आलोचना भएपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आफैं साउन १२ गते चितवन पुगेर स्थलगत अवलोकन गर्दै समस्या समाधानको निर्देशन दिएका थिए ।

साउनमा परेको खडेरी, चर्को गर्मी र किसानहरुले बोरिङबाट पानी तान्ने पम्प चलाउँदा ओभर लोड भएर पटकपटक विद्युत जाने समस्या ब्यापक थियो ।

त्यो समस्या बुधबारदेखि समाधान भैसकेको झाले जानकारी दिए । ओभर लोडबाट अण्डर लोडमा चल्न सक्ने भएको र अब ढुक्कले चाहिएको जति विद्युत उपभोग गर्न सकिने झाले बताए । उनले भने ‘पोल ढल्ने वा अन्य खास प्राविधिक समस्या बाहेक ओभर लोडका कारणले लाइन जाने समस्या चितवनमा छैन, समस्याको शतप्रतिशत समाधान भयो ।’

देवनगरबाट जगतपुर जाने विद्युत प्रसारण लाइनको कमजोर संरचनालाई पनि बलियो बनाइएको झाले बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट