काठमाडौं । भोलि अर्थात् साउन २१ गते देखि सुरु हुने नाइमा अटो शोमा फरक-फरक सवारी कम्पनीहरुले विभिन्न अफरहरु सार्वजनिक गरेका छन्। यसै क्रममा नेपालमा चर्चित इलेक्ट्रिक स्कुटर ब्राण्ड 'सारथी इकुटर'ले पनि आकर्षक अफर ल्याएको छ ।
उक्त अफर अनुसार सारथी इकुटरका दुइ मोडेल इ३ र विँगर मोडेल खरिद गर्ने ग्राहकले नगद २५ हजार छुट पाउनेछन् । साथै, एक वर्षको कर, एउटा प्रिमियम हेलमेट तथा एउटा रेनकोट पनि निःशुल्क दिइने कम्पनीले जनाएको छ ।
यो अफर नगदमा खरिद गर्ने ग्राहकले मात्र पाउने छन् । नाइमा अटो शोको अवधिभर मात्र यो अफर लागू हुने कम्पनीले जनाएको छ । नाइमा अटो शो साउन २१ देखि २५ गतेसम्म सञ्चालन हुनेछ ।

यद्यपी, नगद नहुने ग्राहकहरुले किस्तावन्दीमा पनि स्कुटर खरिद गर्न सकिने बताइएको छ । जस अन्तर्गत जम्मा २० प्रतिशत डाउनपेमेन्टमा अधिकतम ३ वर्षसम्मको फाइनान्स सुविधा पाउन सक्नेछन् ।
यतिमात्र नभएर कम्पनीले हरेक दिन एक्सचेन्जको पनि सुविधा दिइरहेको छ । कुनै पनि पुरानो बाइक वा स्कुटर इभी भएपनि वा पेट्रोलवाला भएपनि एक्सचेन्ज हुने कम्पनीले जनाएको छ ।
३ हजार ९ सय वाटको अधिकतम मोटर पावर भएको विँगर र ३ हजार वाट मोटर पावर भएको इ३ दुबै स्कुटरमा २.८ किलोवाटको ब्याट्री प्रयोग भएको छ । जसले अधिकतम १२० किलोमिटर सम्मको रेन्ज दिन्छ । कम्पनीले इ३ लाई २ लाख १६ हजार र विँगरलाई २ लाख ९ हजार रुपैँया मूल्य निर्धारण गरेको छ। अहिलेको अफर अन्तर्गत दुबैमा २५ हजार डिस्काउन्ट हुनेछ।

नेपालका लागि आधिकारिक वितरक जिरो इमिसन राइड एनले सारथी इकुटर वितरण गरिरहेको छ । नेपालमा भएका इलेक्ट्रिक स्कुटर ब्राण्डहरु मध्ये सबैभन्दा बढी सर्भिस सेन्टर र चार्जिङ्ग प्वाइन्ट भएको कम्पनीको रुपमा जिरो इमिसन राइड एन रहेको छ । जिरो इमिसनले विगत ६ वर्ष देखि नेपालमा लुयान ब्राण्डका इलेक्ट्रिक स्कुटर पनि बिक्री गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस