काठमाडौं । ‘नेपाल नाइमा मोबिलिटी एक्स्पो २०२५’ सुरु भएको छ।
नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले पहिलो पटक काठमाडौंको भृकुटीमण्डपमा एक्स्पोको आयोजना गरेको हो । एक्स्पोको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गरेका हुन् ।
आज (२१ साउन ) देखि सुरु भएको एक्स्पो २५ गतेसम्म सञ्चालन हुनेछ । एक्स्पोमा नयाँ गाडी सार्वजनिकदेखि खरिद गर्न चाहनेका लागि आकर्षक छुटसहितका अफर सार्वजनिक भइरहेका छन्।
एक्स्पोमा ५० भन्दा बढी ब्रान्डहरूको सहभागिता रहनेछ । यसअन्तर्गत विभिन्न ब्रान्डका विद्युतीय सवारी (ईभी) हरू मुख्य आकर्षण बन्ने बताइएको छ । विभिन्न ईभी ब्रान्डले नाइमा एक्स्पोका लागि नयाँ मोडेल भित्र्याएका छन् ।
एक्स्पोमा १५ ओटा दुईपाङ्ग्रे, १५ ओटा चारपाङ्ग्रे र पाँच ओटा व्यावसायिक गरी कुल ३५ नयाँ सवारीसाधन सार्वजनिक गरिने नाइमाले जानकारी दिएको छ ।
एक्स्पोलाई व्यवस्थित र सुरक्षित बनाउन प्रदर्शनी स्थलमा अपाङ्गमैत्री संरचना, सुधारिएको ढल निकास तथा सुरक्षा र आपतकालीन सेवाको व्यवस्था मिलाइएको छ ।
प्रतिक्रिया दिनुहोस