२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नयाँ ग्यालेक्सी स्मार्टफोन खरिदमा आकर्षक मल्टी-बाई अफर

बुधवार , श्रावण २१, २०८२

काठमाडौं । सामसङ नेपालले आफ्नो ग्राहकहरूका लागि नयाँ ग्यालेक्सी स्मार्टफोनहरू खरिद गर्दा लागू हुने आफ्नो विशेष अफर सार्वजनिक गरेको छ।

सीमित अवधिको लागि उपलब्ध यो अफर अन्तर्गत ग्राहकहरूले चुनित ग्यालेक्सी वाच८ सिरिज र बड्स३ लाइनअप जस्ता ग्यालेक्सी वेरेबलहरु खरिद गर्दा विशेष छुट पाउनेछन्।

सामसङको नयाँ फ्ल्यागशिप, ए-सिरिज वा एम-सिरिजका स्मार्टफोनहरू खरिद गर्दा, चुनित ग्यालेक्सी वाच र बड्समा विशेष ३२ प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिनेछ।

यो मल्टी-बाई अफरले आफ्नो प्रिमियम ग्यालेक्सी इकोसिस्टम निर्माण गर्ने अवसर दिनेछ । ग्यालेक्सी वाच८ क्लासिक वा बड्स३ प्रो जस्ता स्मार्ट कम्प्यानियनहरू जोडेर आफूलाई अझ स्मार्ट र शक्तिशाली महशुस गराउन सकिन्छ ।

ग्यालेक्सी वाच र बड्सहरूमा समावेश एआई फिचरहरूले स्मार्टफोनलाई थप उपयोगी बनाउने कम्पनीले जनाएको छ । फिटनेस, संगीत, कार्यक्षमता र अरु धेरै कुरामा यी आदर्श पार्टनर बन्न सक्छन्।

यो विशेष मल्टी-बाई अफर लिने तरिका यस्तो छ

स्टेप १ : वेबसाइट https://www.samsungcampaigns.com मा जानुहोस्

स्टेप २ : तपाईंको नजिकको रिटेलर छान्नुहोस्

स्टेप ३ : दर्ता गरी रु. २,००० को अग्रिम रकम अनलाइन भुक्तानी गर्नुहोस्

स्टेप ४ : प्रमाणीकरणपछि ओटिपी प्राप्त गर्नुहोस्

स्टेप ५ : ७ दिनभित्र ओटिपी सहित रिटेलरमा जानुहोस्

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट