२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

हावाहुरीले मकैबालीमा क्षति, किसान चिन्तित

बुधवार , श्रावण २१, २०८२

भोजपुर । अविरल बर्षातसँगै आएको हावाहुरीले मकैबालीमा क्षति गरेपछि भोजपुरका किसान चिन्तामा परेका छन् । पाक्न लागेको मकै हावाहुरीले लडाएपछि किसान चिन्तामा परेका हुन् ।

मकै सखाप पारेर हावाले ढालेको किसानहरुको भनाइ छ । भर्खर दाना पस्दै गरेको मकै लडेपछि पशुचौपायालाई दिनुपर्ने अवस्था रहेको भोजपुर नगरपालिका–५ किसान कमला थापाले बताइन् । फौजी किरा, बाँदरलगायत विभिन्न जङ्गली जनावरलेसमेत मकैबालीमा क्षति पुर्याउँदै आएको कृषकहरुको भनाइ छ ।

“रोग किरा तथा जङ्गली जनावरबाट बचाएको मकै पाक्ने बेलामा हावाले क्षति गर्यो”, उनले भने, “मकैबाली क्षति पुग्दा हामी किसान चिन्ता परेका छौँ ।” दाँवा, बोखिम, मझौले, चोलन्ती, गोगने, तिम्मा, श्यमाशिलालगायत जिल्लाको विभिन्न स्थानमा वर्षा र हावाहुरीले मकैबाली क्षति पुर्याएको छ ।

भोजपुरमा धानपछिको दोस्रो प्रमुख खाद्य बालीको रुपमा मकै बालीलाई लिन गरिन्छ । हरेक वर्ष मकैबालीमा विभिन्न कारणले क्षति हुँदै आएकाले उत्पादन घट्दै अवस्था रहेको किसानहरुको भनाइ छ । जिल्लाको नौवटै स्थानीय तहमा मकैखेती हुने गरेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ