२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

फोटोन टोटल केयरले मेगा मनसुन सर्भिस क्याम्प गर्दै, विशेष छुटसहित सेवाहरू पाउन सकिने

बुधवार , श्रावण २१, २०८२

काठमाडौं । फोटोन टोटल केयरले आउँदो साउन २५ देखि मेगा मनसुन सर्भिस क्याम्प सुरू गर्न लागेको छ। एमएडब्लू वृद्धिसँगको साझेदारीमा सञ्चालन हुने यो विशेष पहल अन्तर्गत फोटोन सवारीधनीहरूले सुरक्षित र ढुक्कको यात्राका लागि वर्षायामका चुनौतीहरूको सामना गर्न गाडीको आवश्यक मर्मतसम्भार गर्न सक्नेछन् भने विशेष छुट र थप सेवाहरू समेत पाउन सक्नेछन्।

मनसुनको भारी वर्षा नजिकिँदै गर्दा अचानक तपाईंको गाडी बिग्रेर हैरानी बेहोर्नुपर्ने अवस्था नआओस् भन्नका लागि मेगा मनसुन सर्भिस क्याम्पले सवारीधनीहरूलाई आफ्ना गाडी लिएर सर्भिस सेन्टरमा पुग्ने, विज्ञ सेवा प्राप्त गर्ने र उपलब्ध विशेष छुट तथा सुविधाहरूको फाइदा उठाएर पैसा बचत गर्ने उत्कृष्ट अवसर प्रदान गर्नेछ।

मेगा मनसुन सर्भिस क्याम्पको मुख्य आकर्षण भनेको फोटोन सवारीहरूमा हुने बम्परदेखि बम्परसम्मको निःशुल्क चेकजाँच हो। यो बम्परदेखि बम्परसम्मको चेकजाँचले सबै फोटोन सवारीधनीहरूलाई फाइदा पुर्‍याउँछ, किनभने यसमार्फत गाडीको सम्पूर्ण अवस्था परीक्षण गरिन्छ।

कम्पनीका अनुसार यस अन्तर्गत गाडीका मेकानिकल, इलेक्ट्रिक र स्ट्रक्चरल भागहरूको प्रत्यक्ष निरीक्षण गरिन्छ, जसले गाडी ठीकसँग काम गरिरहेको छ कि छैन र सुरक्षाको दृष्टिले उपयुक्त छ कि छैन भन्ने सुनिश्चित गर्छ। त्यसैगरी, ग्राहकहरूले निःशुल्क वास र ग्रिजीङ सेवा पनि प्राप्त गर्नेछन्, जसले मनसुनको मौसममा गाडीलाई खिया लाग्नबाट जोगाउनुका साथै चलायमान भागहरूको दीर्घायु र दक्षता कायम राख्न मद्दत पुर्‍याउँछ।

साथै, यस मेगा मनसुन सर्भिस क्याम्पमा स्पेयर पार्ट्स, लेबर चार्ज र लुब्रिकेन्टमा १५% छुट पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ। ग्राहकहरूले यी अफरहरूको लाभ उठाएर आफ्नो गाडीको लामो आयु बढाउन सक्नेछन् र अकस्मात बिग्रने सम्भावना घटाउनेछन्, जसले यात्रालाई अझ सुरक्षित र ढुक्क बनाउँछ।

यो सर्भिस क्याम्प नेपालभरि फोटोनका ट्रक, भ्यान र अन्य कमर्सियल गाडीहरूका लागि मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ। इच्छुक ग्राहकहरूले ९८०२३६७५०१ वा ९८५१४१७१२२ मा फोन गरेर अग्रिम बुकिङ गर्न सक्ने छन्। जसले गर्दा धेरैबेर नपर्खी प्राथमिकता अनुसार सर्भिसको सुविधा पाउन सकिन्छ।

फोटोन टोटल केयरको अनुभवी टोली छिटो र भरपर्दो सेवा दिन पूर्ण रूपमा तयार रहेको कम्पनीको भनाई छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ