२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नाइमा मोबिलिटी एक्स्पोमा 'बीवाइडी एट्टो–१' को आकर्षण, ४ सयभन्दा बढी बुकिङ

आइतवार , श्रावण २५, २०८२

काठमाडौं । गत बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी 'नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५' मा सर्वाधिक रुचाइएको विद्युतीय गाडीमा 'बीवाइडी एट्टो–१' पर्न सफल भएको छ ।

नेपाली उपभोक्ताले सबैभन्दा रुचाएको विद्युतीय गाडी उत्पादक कम्पनी बीवाइडीले उत्पादन गरेको 'बीवाइडी एट्टो–१' को मूल्य र सुविधा यसको आकर्षणको मुख्य कारण हुन् । सस्तो मूल्य र आकर्षक सुविधा भएको स्टाइलिस 'बीवाइडी एट्टो–१' लाई आधिकारिक बिक्रेता साइमेक्स इंकले सार्वजनिक गरेको हो ।

‘नाइमा मोबिलिटी एक्स्पो’मा ५० भन्दा बढी ब्राण्डले सहभागी जनाएका छन् । तीमध्ये चर्चित चिनियाँ विद्युतीय गाडी उत्पादन कम्पनी बीवाइडीले अटो शोमा ग्राहक तथा अवलोकनकर्ताको ध्यान खिचिरहेको छ । आइतबार नाइमा अटो शोको पाँचौँ दिन हो । पाँचौँ दिनसम्म आइपुग्दा अवलोकनकर्ता पनि बढिरहेको छ ।

उसो त बीवाइडी पहिले देखिनै नेपाली उपभोक्ताले अत्याधिक रुचाएको गाडी हो। नेपाली बजारमा यसको अटो ३ ब्रान्डको एक छत्र राज छ। नेपाल मात्र नभई विश्वव्यापी लोकप्रिय ब्राण्ड बनिसकेकाले बीवाइडीमा आकर्षण देखिनु अर्को कारण हो ।

सबै इभी ब्रान्डले ८ वर्षको वारेन्टी दिँदा नाइमामा एकमात्र ब्राण्ड बीवाइडीले १० वर्षको वारेन्टी दिएको छ। त्यसकारण पनि यसप्रति उपभोताको आकर्षण देखिएको बताउँछिन् बीवाइडीकी सेल्स तथा सोरुम म्यानेजर सन्ध्या श्रेष्ठ। उनका अनुसार नाइमा मोबिलिटी एक्स्पोको आज पाँचौँ दिनसम्म आइपुग्दा ४०० वटा भन्दा बढी बीवाइडी एट्टो १ बुकिङ्ग भइसकेको छ।

३९ किलोवाट आवरको ब्याट्री रहेको यो गाडी फुल चार्ज गरेपछि ३०० किलोमिटर गुड्छ । शुरुवाती मुल्य २८ लाख ९५ हजार देखि प्रिमियम मोडल ३२ लाख ९९ हजार पर्छ।

यो कार हरियो, सेतो, कालो र निलो गरी चार थरीका रङमा उपलब्ध छन्। गाडीमा ६ वटा एयर ब्याग राखिएका छन्। सानो आकारको गाडीमा चालकसहित पाँच जना आरामसँग यात्रा गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ