२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

म्यारियटमा डा. पाटनीको 'बिजनेस ब्लु प्रिन्ट नेपाल' कार्यक्रम हुने, मुख्य प्रायोजक शिवम् सिमेन्ट

सोमवार , श्रावण २६, २०८२

काठमाडौं । प्रख्यात अन्तर्राष्ट्रिय उत्प्रेरक वक्ता डा. उज्जवल पाटनीद्वारा प्रस्तुत हुने 'बिजनेस ब्लु प्रिन्ट नेपाल' कार्यक्रम यही भदौ १२ गते आयोजना हुने भएको छ ।

काठमाडौंस्थित होटल म्यारियटमा आयोजना हुने कार्यक्रममा नेपालका व्यवसायिक तथा औद्योगिक क्षेत्रका अग्रणी व्यक्तित्वहरूको सहभागिता रहनेछ ।

कार्यक्रमको प्रायोजकको रुपमा शिवम् सिमेन्ट रहने छ । शिवम् सिमेन्टका सेल्स एण्ड मार्केटिङ हेड निखिल अग्रवालले ब्यवसायिक क्षेत्रको विकासका लागि विभिन्न क्षेत्रका विज्ञहरुको अनुभवले ऊर्जा प्राप्त हुने र यस्ता खालका कार्यक्रमहरुमा शिवम् सिमेन्ट सहकार्य गर्न तयार रहेको बताए ।

व्यवसायमा सफलताको खाका, नेतृत्वदायी क्षमताको विकास, बिक्री रणनीति, ब्रान्ड निर्माण, र आधुनिक व्यवसाय सञ्चालनका व्यावहारिक पक्षहरूमा केन्द्रित रहने उक्त कार्यक्रममा नेपालभरका व्यवसायी, युवा उद्यमी, स्टार्टअप संस्थापक तथा उद्योगीहरूको उल्लेखनीय उपस्थिति रहने अपेक्षा गरिएको छ ।

कार्यक्रममा नेपाली व्यवसायी, उद्योगपति, युवा उद्यमी तथा स्टार्टअप प्रतिनिधिहरूलाई आधुनिक व्यवसायिक सोच, रणनीति, नेतृत्व कौशल, तथा ब्रान्ड निर्माणजस्ता महत्वपूर्ण पक्षको मार्गदर्शन गर्नु रहेको छ ।

कार्यक्रममा सहभागीहरूले व्यवसायिक सफलता प्राप्त गर्न आवश्यक व्यवहारिक रणनीति, कार्यान्वयनका तरिका र उत्प्रेरणादायी विचारहरू प्रत्यक्ष रूपमा अनुभूती गर्न पाउनेछन् । पाटनीले आज सम्म १० हजार भन्दा बढी यस्ता खालका सेमिनारहरु गर्दै आएका छन् । काठमाडौैंमा भने उनको यो पहिलो शो रहेको छ ।

डा. उज्जवल पाटनीले यसअघि भारत तथा अन्य देशहरूमा सञ्चालन गरेका यस्ता कार्यक्रमहरू अत्यन्त सफल र प्रभावशाली सावित भएका छन्। नेपालमा पहिलोपटक आयोजना हुन लागेको यो संस्करणले व्यवसायिक समुदायलाई सशक्त, सचेत र रणनीतिमूलक बनाउने विश्वास लिइएको छ ।

यस कार्यक्रमले नेपालमा व्यवसाय सञ्चालनको सोच र दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट