काठमाडौं । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीका कार्डियोभास्कुलर विभागका प्रमुख वरिष्ठ कन्सल्टेन्ट कार्डियाक सर्जन रामेश कोइरालाले पदबाट राजीनामा दिएका छन् ।
उनी अहिले विदेशमै रहेकोले सामाजिक सञ्जाल एक्समार्फत राजीनामा पत्र सार्वजनिक गर्दै पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
उनले बुधबार एक्समा पोस्ट गर्दै व्यक्तिगत कारणले काम गर्न असमर्थ रहेको जनाउँदै राजीनामा दिएको उल्लेख गरेका हुन् ।
उनले यस केन्द्रमा २५ वर्ष काम गरेका थिए । कोइराला मंगलबार बिहान अमेरिका पुगेका थिए ।


प्रतिक्रिया दिनुहोस