२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

धरौटी बुझाएर छुटेका चक्रे मिलन फेरि पक्राउ

बुधवार , श्रावण २८, २०८२

काठमाडौँ । गुण्डा नाइके भनेर चिनिएका चक्रे मिलन फेरि पक्राउ परेका छन् । बुधबार काठमाडौंबाट छुटेलगत्तै चक्रे मिलनलाई अभद्र व्यवहार सम्बन्धी मुद्दा अनुसन्धानका लागि भक्तपुर लगिएको हो ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको बुधबारको इजलासले चक्रेलाई ३० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

उनीविरुद्ध भक्तपुरमा पनि ज्यान मार्ने उद्योगको कसुरको मुद्दा भएकाले उनलाई नियन्त्रणमा लिईएको हो ।

त्यस्तै, चक्रेसँगै पक्राउ परेका १८ जना तोकिएको धरौटी रकम तिरेर छुटेका छन् ।

उनीविरुद्ध २०८१ भदौ १० गते सानोठिमीस्थित दिव्यश्वरीमा रहेको बड्डाको तावा रेष्टुरेन्टमा एकजनालाई आक्रमण गरेको भन्दै जाहेरी परेको थियो । सोही मुद्दामा चक्रेमाथि अनुसन्धान हुनेछ ।

https://sunaulonepal.com/content/377355/

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट