logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • नेपालकाे अर्काे सफलता, मलेसियाकाे ५ विकेट गुम्याे

    नेपालकाे अर्काे सफलता, मलेसियाकाे ५ विकेट गुम्याे

    4K
    Shares

    काठमाडौं ।  त्रिकोणात्मक टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल र मलेसियाबीचको खेलमा नेपालले मलेसियाले ५ विकेट गुमाएकाे छ । १० ओभरकाे दाेस्राे बलमा नेपालले ५ विकेट लिएकाे हाे । 

    नेपालका सन्दीप लामिछानेले मलेसियाका शफिक शरिफलाई बाेल्ड आउट गरेका हुन् । १० औँ ओभरमा बलिङ गरिरहँदा मलेसियाले ७२ रन बनाइसकेकाे छ । 

    यसअघि मलेसियाले चाैथाे विकेटका रुपमा शाइद अजिजलाई गुमाएकाे थियाे । नेपालका दीपेन्द्र सिंह एरीले आसिफ शेखमार्फत क्याच आउट गराएका हुन् ।

    त्रिवि क्रिकेट मैदानमा भइरहेको खेलमा टस हारेर ब्याटिंग गरेको मलेसियाले तेस्राे विकेटमा विरनदीप सिंह गुमाएकाे थियाे । छैटाैँ ओभरकाे अन्तिम बलमा साेमपाल कामीले सफलता हात पारेका थिए ।

    पहिलो विकेटका रुपमा करण केसीले मलेसियाका अनवार अरुदिनलाई क्याच आउट गराएका थिए । विकेट किपर विनोद भण्डारीले क्याच लिएका हुन् ।  
     
    त्यस्तै मलेसियाका अहम्मद फेज दाेस्राे विकेटका रुपमा रन आउट भएका थिए । उनलाई पनि विनोद भण्डारीले नै रन आउट गराएका थिए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend