काठमाडौं । टाटा मोटर्सले एक्सक्लुसिभ अफरसहित 'नाडा अटो शो २०२५' मा चार वटा मोडेलका विद्युतीय गाडी प्रदर्शन गर्ने भएको छ ।
टाटा इभीको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले टियागो ईभी, पन्च ईभी, नेक्सन के३ ईभी र कर्भ ईभीजस्ता लोकप्रिय विद्युतीय मोडेलहरू प्रदर्शन गर्ने भएको हो।
प्रदर्शनी अवधिभर टाटाले एक्सक्लुसिभ अफर, सजिलो फाइनान्स योजना र विशेष उपहार उपलब्ध गराउने जनाएको छ ।
२०२५ टियागो ईभीमा दुई एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम, हिल–होल्ड कन्ट्रोल, कूल्ड ग्लोभबक्स, क्रुज कन्ट्रोल र अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता विशेषताहरू छन् ।
पन्च ईभीमा भ्वाइस–असिस्टेड सनरुफ, ३६० डिग्री क्यामेरा, भेन्टिलेटेड लेदर सिट, ६ एयरब्याग, वायरलेस चार्जर र वायरलेस एन्ड्रोइड अटो तथा एप्पल कारप्ले सुविधा रहेको छ । यसले १९० मिमि ग्राउन्ड क्लियरेन्स र ५(स्टार सेफ्टी रेटिङ पाएको छ ।
नेक्सन के३ ईभीमा १९० मिमि ग्राउन्ड क्लियरेन्स, ६ एयरब्याग, ३६० डिग्री क्यामेरा, १२ इन्च टचस्क्रिन र नेपाली भौगोलिक अवस्थालाई सुहाउने अन्य सुविधाहरू छन् ।
कर्भ ईभीमा ५५ किलोवाट आवर ब्याट्री प्याक, ९८ किलोवाट मोटर, ५०० लिटर बुटस्पेस, १८६ मिमि ग्राउन्ड क्लियरेन्स र एडिएएस लेभल २ सहितका अत्याधुनिक सुरक्षा सुविधा उपलब्ध छन् ।
नाडा अटो शोमा ग्राहकले यी गाडी प्रत्यक्ष अवलोकन गर्ने र तत्काल बुकिङ गर्ने अवसर पाउनेछन् ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा हुने यो प्रदर्शनी यही भदौ ३ देखि ८ गते (अगस्ट १९–२४, २०२५) सम्म भृकुटी मण्डप, काठमाडौंमा आयोजना हुँदैछ ।
प्रतिक्रिया दिनुहोस