२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नाडा अटो शो २०२५ : फोटोन र सोकोन ईभीमा आकर्षक अफर

सोमवार , भाद्र २, २०८२

काठमाडौं । यसपालिको नाडा अटो शो २०२५ अटोप्रेमीहरूका लागि निकै रोमाञ्चक हुने भएको छ।

फोटोन टुनल्यान्ड, माउन्टेन ईभीभ्यान, टीएम१ र सोकोन ईभी भ्यानहरूले ६ दिन सम्म चल्ने यस कार्यक्रमका लागि विभिन्न अफर, विशेष छुट र भ्यालु प्याकेजहरू घोषणा गरेका छन्।

यी फोटोन मोडेलहरूले आकर्षक प्राइस इन्सेन्टिभ, गुणस्तरीय उपहार र सर्भिस सहित गाडी किन्ने प्रक्रियालाई पहिले भन्दा अझै किफायती बनाउने भएका छन्।

चारै मोडेलहरूमा आकर्षक छुट दिइएको छ, जसमा केही विशेष मूल्यहरू भने केवल प्रदर्शनीमै सार्वजनिक हुनेछ। टीएम१ को मूल्य रु. ३३,७४,०००बाट घटाएर रु. २६,९९,००० गरिएको छ।

त्यस्तै, माउन्टेन ईभी र सोकोनईभी भ्यानले पनि विशेष छुट र अफरहरू ल्याएका छन्। फोटोन टुनल्यान्ड पिकअपले चाहिँ बलियो छुटको घोषणा या त अगाडि नै गर्नेछ, या रोमान्चकता बढाउनका लागि स्टलमा गर्नेछ।

नाडामा फोटोन माउन्टेन ईभी, फोटोन टीएम१ वा सोकोनईभी भ्यान बुक गर्ने ग्राहकलाई बुकिङ ग्याजेट, १ वर्षको फुल इन्स्योरेन्सका साथमा अटोप्लस, र क्यासलेस इन्स्योरेन्स ग्यारेन्टीका साथ प्राप्त हुनेछ। साथै, खरिदप्रक्रियालाई सरल बनाउन तीनै मोडेलमा सजिलै उपलब्ध हुने फाइनान्स सुविधा पनि रहनेछ, जसले गर्दा ग्राहकले ढिला नगरी आफ्नो मनपर्ने गाडीलिन सक्ने छन्।

यी संयुक्त अफरहरू बाहेक, हरेक ब्रान्डले आफ्नै थप आकर्षक अफरहरू पनि दिएका छन्। फोटोन टुनल्यान्डपिक अप किन्नेलाई ट्राङक्विलिटी स्पा एक्सपिरियन्स वा भाटभटेनीको रु. २५,००० को शपिंग कुपन, साथै ३ वर्ष सम्म पार्ट्स सहितको प्रिभेन्टिभमेनटेनेन्स सर्भिस (PMS) सेवा र ड्राइभर परिवारको स्वास्थ्य बीमा उपलब्ध हुनेछ।

माउन्टेनईभी भ्यानमा छुट सहित हरेक खरिदमा ५५ इन्च स्मार्ट टिभी, पार्ट्ससहित ५ पटकसम्म नि:शुल्क सर्भिसिङ र एक सेट फ्रन्ट ब्रेक सुज उपलब्ध हुनेछ। सोकोन ईभी भ्यानले पनि हरेक खरिदमा आकर्षक छुटसँगै ५५ इन्च स्मार्ट टिभी प्रदान गर्नेछ।

यी उपहारहरू, विस्तारित सर्भिस प्याकेज, इन्स्योरेन्स र सजिलो फाइनान्स सुविधाले गाडीमात्र नभई सम्पूर्ण गाडी खरिद अनुभवलाई अझ सुखद बनाउने छन्।

नाडा अटोशो २०२५ मा गएर फोटोनको स्टल ए७ मा टुनल्यान्ड पिकअप, स्टल जे४ मा फोटोन माउन्टेन ईभी र टीएम१ एवम्स्टल जे६ मा गएर सोकोन ईभी भ्यानको अवलोकन गर्न कम्पनीले आग्रह गरेको छ ।

साथै, कम्पनीले विभिन्न मोडेलहरू हेर्दै विशेष छुटको फाइदा उठाउन लिमिटेड टाइम अफरहरू उपयोग गरेर आफ्नो ड्राइभ अनुभवलाई अझै उत्कृष्ट बनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ