२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

जापानीज इन्सेफ्लाईटिसबाट चितवनमा तीन जनाको मृत्यु

मंगलवार , भाद्र ३, २०८२

चितवन । जिल्लाका तीन जनाले जापानीज इन्सेफ्लाईटिसबाट ज्यान गुमाएका छन् ।

जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार गत साउन २३ देखि भदौ ३ गते सम्मको नमूना परीक्षणमा नौ जना सङ्क्रमित फेला परेका थिए । ती मध्ये तीन जनाको मृत्यु भएको हो ।

जापानीज इन्सेफ्लाइटिस भरतपुर महानगरपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका, खैरहनी नगरपालिका र माडी नगरपालिकाका बासिन्दामा भेटिएको छ । यो रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट सर्ने उनले जानकारी दिँदै सबैलाई सचेत रहन आग्रह गरे ।

अचानक उच्च ज्वरो आउने, बेस्सरी टाउको दुख्ने, बान्ता हुने, शरीर काम्ने, घाँटी दुख्ने जापानीज इन्सेफ्लाइटिसका लक्षण हुन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ