२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सेरेसले नाडा अटो शो २०२५ मा सार्वजनिक गर्यो विशेष ३एक्स अफर

बुधवार , भाद्र ४, २०८२

काठमाडौं । यो वर्षको नाडा अटो शोलाई अझ विशेष बनाउन सेरेसले केवल प्रदर्शनी अवधिभर लागू हुनेगरी आफ्नो विशेष 3X अफर ल्याएको छ। ग्राहकलाई बढी मूल्य र निश्चिन्तता दिने उद्देश्यले ल्याइएको यो अफरले सेरेसको स्वामित्वलाई अझ सजिलो र लाभदायी बनाउने कम्पनीले जनाएको छ।

यस 3X अफरमा तीन प्रमुख फाइदाहरू समेटिएका छन्:

३ वर्षको सम्पूर्ण बीमा कभरेज, जसले झन्झटरहित स्वामित्व सुनिश्चित गर्छ; ३ गुणासम्मको नगद छुट, जसले खरिदलाई अझ किफायती बनाउँछ; र बुकिङ रकमलाई ३ गुणा बराबरको फाइदा, जसले खरिद प्रक्रियामा थप लाभ दिन्छ।

ग्राहकले यस अफरमार्फत अधिकतम ६ लाख रुपैयाँसम्मको लाभ लिन सक्नेछन्। यो अफर केवल नाडा अटो शोका लागि मात्र मान्य हुने भएकाले अटोमोबाइल मन पराउनेहरूका लागि सेरेस ब्रान्डका आकर्षक गाडीहरू नजिकैबाट अवलोकन गर्ने यो अनुपम अवसर हुनेछ।

कम्पनीका अनुसार सेरेस स्टलमा आगन्तुकहरूले सेरेस एसयुभी हेर्न पाउनेछन्। आधुनिक डिजाइन, अत्याधुनिक प्रविधि र वातावरणमैत्री प्रदर्शनसहितको सेरेस 3 नयाँ ईभी हो। आजका चालकका लागि तयार गरिएको हो सेरेस 3 भविष्यको मोबिलिटीको प्रतिक पनि हो।

सेरेसले कोरालापास हुँदै ४,६६० मिटर उँचाइमा अवस्थित लोमान्थाङ पुगेर पहिले नै इतिहास रचेको छ। यो कठिन यात्रालाई सफलतापूर्वक सम्पन्न गर्ने सेरेस नेपालको पहिलो ईभी हो। यस उपलब्धिले सेरेस वास्तवमै नेपालकै लागि बनेको हो भन्ने कुरालाई पुष्टि गर्नुका साथै यो कठोर भौगोलिक परिस्थितिहरू सहजै सामना गर्न सक्षम छ भन्ने पनि प्रमाणित गरेको छ।

नाडा अटो शो २०२५ मा सेरेसको स्टल भिजिट गरी ड्राइभिङको भविष्यलाई अनुभव गर्न र अधिकतम ६ लाख रुपैयाँसम्मको सीमित अवधिको अफरको विशेष लाभ लिन कम्पनीले आग्रह गरेका छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ